काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमाला
