काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा रोक नलगाइने उनले बताए। भदौं १० गतेसम्म लागू हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन्।
सरकारले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीहरूलााई दिएको छ। सोही आधारमा उपत्यकाका तिनै जिल्लाका सिडिओहरू कोरोना नियन्त्रणका लागि यस्तो निर्णयमा पुगेका हुन्। आज मात्र उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका थिए।

नेपालमाला
