काठमाडौं : पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति…
सोमदेखि संसदको हिउँदे अधिवेशन, यस्ता छन् कार्यसूची
काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४…
आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु
काठमाडौं : आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने…
समुदायमा कांग्रेस अभियान : कुन नेता कहाँ खटिए ?
काठमाडौँ : नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि शीर्ष नेताहरुलाई नै विभिन्न जिल्लामा खटाएको छ । ७७ वटै जिल्लामा १/१ जना प्रतिनिधि खटाएको र त्यससँगै अभियानलाई थप प्रभावकारी बनाउन फरक-फरक जिल्लामा फरक-फरक समुदायका बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताहरुलाई…
अमेरिकाबाटै राप्रपा अध्यक्ष लिङदेनलाई रेखा थापाको झटारो
काठमाडौं : आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत लिङ्देनलाई जवाफ दिएकी छन् । स्मरणीय छ कि रेखा राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् । उनी…
थप तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री दाहाल
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै…
राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि, सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने
काठमाडौं : राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा…
कांग्रेसले पार्टी स्थापना दिवस सातै प्रदेशमा मनाउने
काठमाडौं : नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने भएको छ । पार्टी स्थापनाको दिन माघ १२ सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई…
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौँ : निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । सो निर्वाचनका लागि ३८ प्रकारका कूल छ हजार नौ…
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा गएकाले राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको…
दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत संख्या चाहिने
काठमाडौं : सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस…
राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने
काठमाडौं : राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख छ । ‘मूल…
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू
काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता…
संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ
काठमाडौँ : संसद् प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो। प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो। यस्ता काममा केही समय बढी खेर गएकै कारण अहिलेसम्म आइपुग्दा जिम्मेवारीअनुरूप अलि…
राष्ट्रियसभा निर्वाचन : कुन दल कति समावेशी ?
काठमाडौं : दलहरू समानुपातिक समावेशीको कुरा उग्ररूपमा गर्छन्। यही सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणको संकल्प संविधानमा गरेका पनि हुन्। तर, उनीहरू मौका पाउनासाथ सीमान्तकृत, पिछडिएको वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतलाई अगाडि बढाउन हिच्किचाउँछन् भन्ने तथ्य राष्ट्रियसभा सदस्य निर्वाचनमा परेको…
राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२…
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
जनकपुरधाम : सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ । बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका…
