राजनीति Archives | Page 9 of 43 | नेपालमाला

 

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति

पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए…

जति गठबन्धन फेर्दै उति विश्वासको मत घट्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १४ महिनाभित्र तेस्रोपटक विश्वासको मत पाएका छन्। पहिलोपटक झन्डै सतप्रतिशत र दोस्रोपटक दुईतिहाइ समर्थन हासिल गरेका दाहालले यसपटक सामान्य बहुमत पाएका छन्। तेस्रोपटकको  विश्वासको मत लिँदा झन्डै ५८ प्रतिशतमा खुम्चिए। प्रधानमन्त्री दाहाल तेस्रोपटक विश्वासको मत पाउँदा…

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको…

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । बैठकमा…

रेशमले रन्जितालाई लेखे- मैले तिमीलाई सम्झाउन सकिन प्रिय !

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर…

प्रचण्डको परिवारमोह कहिलेसम्म ? राष्ट्रियसभा अध्यक्षमा आफ्नै भाइ उम्मेदवार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले प्रचण्डका भाइ नाता पर्ने दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भोलि सोमबार उम्मेदवारी दर्ता…

घर घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने…

यो गठबन्धन आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थको लागि बनेको गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् । कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।…

बागमती सरकारबाट बाहिरियो कांग्रेस, सरकारलाई दिएको समर्थन पनि फिर्ता

हेटौंडा : बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा…

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति…

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं : नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको…

प्रचण्ड भनेकै अस्थिरता !

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बनेको ४३४ दिन पुग्दा तेस्रोपटक गठबन्धन फेरेका छन् । गत वर्ष १० पुसमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र…

नयाँ सत्ता समीकरण : प्रदेश सरकारमा पनि हलचल

 काठमाडौं : संघीय सरकारमा गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि समीकरण परिवर्तन हुने भएको छ। केन्द्रीय सरकारमा भएको उथलपुथलले प्रदेश सरकार पनि संकटमा परेको छ। नयाँ समीकरणपछि प्रदेशमा पनि सरकार फेरिने निश्चित छ। कोशी प्रदेशमा भने नयाँ सरकार…

रास्वपाको ४ मन्त्रालयमा दाबी, गृह नछाड्ने

 काठमाडौं : नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने…

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

पोखरा : गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई…

नयाँ गठबन्धनमा ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

काठमाडौं : नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ ।…

नेविसंघ लफडा : महाधिवेशन पक्षधर नेताहरुले मागे दुजाङ शेर्पाको राजीनामा

काठमाडौं : नेपाल विद्यार्थी संघको पूर्व निर्धारित केन्द्रीय समितिको बैठक तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताहरुले राजधानीमा आज पत्रकार सम्मेलन गरेर…