राजनीति Archives | Page 13 of 43 | नेपालमाला

 

कोशीमा मन्त्रिपरिषद विस्तार : माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्री

विराटनगर : केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।…

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं : सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद बिहीबार…

संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं : संसदको चालु अधिवेशन बिहीबार अन्त्य गर्ने तयारी गरिएको छ । बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ । संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने…

कांग्रेसको चियापान शनिबार

काठमाडौं : नेपाली कांग्रेसले भोलि (शनिबार) चियापान गर्ने भएको छ। दसैं, तिहार तथा छठ पर्वको अवसरमा कांग्रेस पार्टी कार्यालयमा चियापान आयोजना गर्ने भएको हो। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरिएको बताए। उनका अनुसार शनिबार दिउँसो…

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली…

कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्। एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको सनाखत सकिएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।…

कोशी प्रदेशको मुख्यमन्त्री चयन : केदार पक्षको सनाखत जारी, आङ्बो पक्ष नआउने

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।…

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए सुवास नेम्वाङ

काठमाडौं : संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका…

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

काठमाडौँ : संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले ईकान्तिपुरलाई जानकारी दिए । उनलाई त्रिवि शिक्षण अस्पतालमा…

प्रहरीमाथि उच्च सम्मान छ, पूर्वाग्रही ढंगले सिध्याउन खोज्नेलाई जवाफ दिएको मात्र हुँ : हाङगाम

ताप्लेजुङ : कोशी प्रदेशका सांसद खगेनसिं हाङगामले प्रहरी संगठनमाथि आफ्नो उच्च सम्मान रहेको बताएका छन्। आइतबार सदरमुकामस्थित सामुदायिक भवनमा बीपी कोइरालाको ११०औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा हाङगामलाई नेपाल प्रहरीलाई आफूले सधैँ सल्युट गर्ने बताएका हुन्। भदौ २२ गते आफूले कोणसभामा…

कांग्रेस ताप्लेजुङमा ज्येष्ठ राजनीनिज्ञ सभा गठन

ताप्लेजुङ : नेपाली कांग्रेस ताप्लेजुङले ज्येष्ठ राजनीनिज्ञसभा गठन गरेको छ। कांग्रेसको नियमावली, ७६ दफा ५० अनुसार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू सम्मिलित सभा गठन गरिएको जिल्ला सभापति गजेन्द्र तुम्याहाङले जानकारी दिए। अग्रजहरूको सम्मान र उचित सल्लाह, सुझाव र मार्गदर्शनको अपेक्षासहित…

सरकारले इतिहासले सम्झिने गरी सहासिक काम अगाडि बढाएको छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् । आज पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको…

कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन, कुन विभागमा को ?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा विभागको प्रमुख मनोनित गरेका छन् । केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन उनले १५ विभागको प्रमुख तोकेका हुन् । मुख्यसचिव कृष्णचन्द्र पौडेलका अनुसार पुष्पा…

कोशी सरकारका विषयमा सर्वोच्चमा आज अन्तिम सुनुवाइ

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएको विषयको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।…

एमसीसीविरुद्ध विप्लव नेकपाद्वारा आन्दोलन घोषणा

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९(२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको नेता अनिल शर्माले बताए । उनका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं,…

एमालेमा धाँजा परेर विस्फोटको परिस्थिति छ : प्रधानमन्त्री

सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई संकेत गर्दै नेता र कार्यकर्तामा हैरानी भइरहेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एमालेभित्र विभाजन हुन लागेको टिप्पणी…

संसदमा प्रधानमन्त्रीले सांसदका १२ प्रश्नका जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का…