राजनीति Archives | Page 10 of 43 | नेपालमाला

 

इलाम २ को उपचुनाव : २४ चैतमा उम्मेदवारी दर्ता

काठमाडौं : इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको…

मिटरब्याज पीडितको आवाज नसुने राप्रपाले संसद् अवरुद्ध पार्ने

काठमाडौँ : सडक आन्दोलनमा रहेका मिटरब्याज पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार मिटरब्याज पीडितहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले संसद् बस्नु भन्दा अगाडि पीडितहरूको माग सम्बोधनको…

कांग्रेस महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिमा लगिने

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित भएका सबै प्रतिवेदनलाई केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने भएको छ । महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार प्रसार समितिका उपसंयोजक मीन विश्वकर्माले सर्वसम्मत पारित भएको जानकारी गराए । ‘प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले…

कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु : प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रस्तावहरुमा सामूहिक छलफल सुरु हुँदै छ । महासमिति बैठकको प्रचार प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु हुने जानकारी…

कांग्रेसले विवादित जिल्लाका सबै प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने

काठमाडौं : नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका…

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार बिहान पेश हुने

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव…

विप्लव समाजवादी मोर्चाको संयोजक

काठमाडौं : समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले…

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : डा. तोसिमा कार्की

काठमाडौं : संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ । संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता…

जाँचबुझ आयोगको निष्कर्ष : बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी

काठमाडौं : उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको छ । मन्त्रीसँगै पीएसओ र फिल्ड कमाण्डर डीएसपी पनि दोषी देखिएको आयोगको निष्कर्ष छ । भाषा…

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय, ८० लाख जरिवाना

काठमाडौं : ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ ।विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८०…

ललिता निवास जग्गा प्रकरणमा ३ मन्त्रीले किन पाए सफाइ ?

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको भ्रष्टाचार मुद्दा तत्कालीन ३ जना मन्त्री पनि आरोपित थिए । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री…

ललिता निवास जग्गा प्रकरण : गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

काठमाडौं : विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई सफाइ दिएको छ । विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो । ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु,…

६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने

काठमाडौं : ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा…

कांग्रेस महासमितिलाई एजेन्डा केन्द्रित बनाउन दबाब

काठमाडौँ : कांग्रेसको महासमिति बैठकलाई ‘कर्मकाण्डी’ बन्न नदिन पार्टीभित्रै विभिन्न दबाब समूहको सक्रियता बढेको छ । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने बैठकमा नागरिकले उठाएका प्रश्नको जवाफ दिनका लागि नेतृत्वमाथि दबाब बढाउन विभिन्न समूह सक्रिय भएका हुन् । त्यस्ता समूह संस्थापन…

सर्वोच्चको आदेशविरुद्ध कार्य गर्नु अदालतको अवहेलना : संवैधानिक विज्ञ

काठमाडौं : संवैधानिक कानुनका विज्ञहरूले सर्वोच्च अदालतको आदेशका आधारमा गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको प्रष्ट पार्दासमेत केहि स्थानीय निकायहरूले बिदा घोषणा गर्नु  ‘अराजकता’ को संज्ञा दिएका छन्।  सर्वोच्च अदालतको आदेश विपरीत नेकपा माओवादी केन्द्रले जितेका दुई दर्जन बढी…

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौं : सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना…

‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको औपचारिक निर्णय आज बिहान बोलाइएको…