राजनीति Archives | Page 12 of 43 | नेपालमाला

 

बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे

 काठमाडौं : बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)का सबै क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको प्रदर्शनमा ७० बढी पक्राउ परेका थिए । पक्राउ परेका सबै शनिबार नै छुटिसकेको केन्द्रीय…

माइतीघरको निषेधित क्षेत्र तत्काल हटाइयोस् : कांग्रेस महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको…

बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं : सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका…

प्रेस युनियन कोशी प्रदेशमा विवाद : अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

विराटनगर : नेपाल प्रेस युनियन कोशी प्रदेशमा अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका छन् । अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका हुन् । आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै…

राष्ट्रियसभा निर्वाचन : कांग्रेसका प्रदेश समितिले सबै आकांक्षीको नाम केन्द्रमा पठाउने

काठमाडौं : ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ । राजनीतिक दलहरु अहिले उम्मेदवार छनोटको चरणमा छन् । राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदमा चुनाव हुन लागेको छ । राष्ट्रियसभा सदस्य प्रदेशस्तरमा…

प्रचण्ड सरकारको एक वर्ष : जताततै अस्तव्यस्त

काठमाडौं : २०७९ पुस १०। तेस्रोपटक सिंहदरबारको चाबी हातमा लिएपछि पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका थिए– ‘मेरा लागि यो अन्तिम अवसर हो। देश र जनताका पक्षमा काम गर्नेछु।’  एक वर्षपछि उनै प्रचण्ड भन्दै छन्– ‘अब कामलाई गति दिन्छु। निरन्तरतामा क्रमभंग गर्छु।’ प्रधानमन्त्री प्रचण्डकै भनाइमा…

राष्ट्रियसभा निर्वाचन : गठबन्धन दलमा शीर्ष नेताहरूकै भागदौड, अध्यक्षमा तीन दलकै ‘लबिङ’

काठमाडौं : सत्ता गठबन्धनका दलहरु आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनाव मिलेर जान सहमत छन् । तर, सीटको बाँडफाँटमा कुरा मिलेको छैन । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले राष्ट्रियसभामा साझा उम्मेदवार खडा गर्दैछन् । राष्ट्रियसभाका अध्यक्ष…

आफ्नै रिपोर्ट कार्डमा सरकार फेल

काठमाडौं : नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आफैंले निर्धारण गरेको लक्ष्य काम गर्न सरकार असफल देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साउनदेखि असोजसम्मको प्रगति प्रतिवेदन तयार पारेको छ, जसले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि निर्धारण…

टिकटक प्रतिबन्धको निर्णय फिर्ता हुन सक्छ : प्रचण्ड

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने चाहना नरहेको बताएका छन् । सम्पादकहरुसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा उनले टिकटक बाहेक अरु सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने योजना नभएको…

२०४६ पछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

बुटवल : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने…

दुर्गा प्रसाईँका स्वकीय सचिवसहित १५ जना पक्राउ

काठमाडौं : प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव विना…

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले १ हजार घर बनाउने

काठमाडौं : नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।…

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले…

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिंड्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन्…

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका दुई महामन्त्री

काठमाडौं : नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।…

कांग्रेसले बुझायो भूकम्प प्रभावितको राहतका लागि ५० लाख रुपैयाँको चेक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप…

भूकम्पपीडितलाई प्रदान गर्न सरकारी कोषमा ५० लाख दिने कांग्रेसको घोषणा

काठमाडौं : नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए। जारी विज्ञप्तिमा भनिएको छ,…