कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गते तथा कक्षा ११ को २१ देखि गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चत कालका लागिर परीक्षा स्थगित गरिएको दाहालले बताए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments