वासिंटन : संयुक्त राष्ट्रसंघीय श्रम संगठन (आईएलओ) ले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार संसारभर करिब २ अर्ब मानिसलाई कोरोना महामारीले प्रभावित पार्ने देखिएको छ ।
यसअघि नै महामारीले दशौँ लाख मानिसको रोजगारी जोखिममा परिसकेको बताइएको छ । राष्ट्रसंघीय रिपोर्ट अनुसार दोस्रो विश्वयुद्धपछिकै खराब संकटमा भारतीय ४० करोड भारतीय कामदारहरु गरिबीको संकटमा फस्दैछन् ।
अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर तथा ज्यालादारी गर्नेहरु यस महामारीबाट बढी प्रभावित हुने बताइएको छ । महामारीसँगै झण्डै १९ करोड भन्दा धेरै पूर्णकालिन कामदारहरु बेरोजगार बन्ने पनि तथ्यांकमा उल्लेख छ ।
कोरोना भाइरसको महामारीले संसारलाई कसरी प्रभावित पारेको छ भन्ने बारे विस्तृतमा व्याख्या सहित नयाँ तथ्यांक राष्ट्रसंघीय श्रम संगठनले सार्वजनिक गरेको हो । भारतमा अनौपचारिक अर्थव्यवस्थामा संलग्न ९० प्रतिशत कामदारहरु जोखिममा छन् । त्यसमध्ये ४० करोड मानिस गरिवीको चपेटामा पर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।