काठमाडौं : टीट्वेन्टी विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए। शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले १/१ विकेट लिए।

नेपालमाला
