खेल Archives | Page 18 of 62 | नेपालमाला

 

जिम्बाबेसँगको खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टीट्वेन्टी शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ । सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् भने विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । यू–१९ टोलीका अलराउण्डर…

गणेशमान सिंह राष्ट्रिय बक्सिङ : चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

काठमाडौं : त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र एपीएफकी नाङ्जा बुढामगर ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार बसन्तपुर डबलीमा भएको महिला ५७ केजी तौल समूहमा चन्द्रकलाले बागमती प्रदेशकी स्वस्तिका तिरुवा र नाङ्जाले लुम्बिनी प्रदेशकी…

गणेशमान सिंह बक्सिङ : मीनु क्वार्टरफाइनलमा

काठमाडौं : त्रिभुवन आर्मी क्लबकी मीनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५१ केजी तौल समूहमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मीनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् । यही तौल…

पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी

काठमाडौं : यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा…

गणेशमान सिंह बक्सिङ आजदेखि : बसन्तपुरमा महाभिडन्त

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।…

काठमाडौं जिल्ला अध्यक्ष कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं : काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् । उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि…

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जनसेवाश्री

काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठान जन सेवाश्री पदकबाट विभूषित भएको छ । नेपाली खेलकुद क्षेत्र विशेषगरी नेपालको राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारका साथै सामाजिक क्रियाकलापमा पु¥याएको योगदानको उच्च कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रतिष्ठानलाई ‘जन सेवाश्री…

यूएसए ओपनमा नेपालका ४ खेलाडी

काठमाडौं : अमेरिकाको लस भेगासमा आयोजना हुने यूएसए ओपन एन्ड जुनियर इन्टरनेसनल कराते प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट एकेडेमी नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यूएसए ओपन एन्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा हुनेछ…

सुरज र उषाले जिते प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन

चितवन : चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो…

भगवतीसँग अमेरिकाका पुरुष रेस्लर चित !

काठमाडौं : नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लरलाई शनिबार पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् । भगवतीसंग सिंगल म्याच खेल्नुअघि…

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : सन्दीप र रामबहादुरलाई स्वर्ण

काठमाडौं : कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् । कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते ।…

घरेलु मैदानमै मच्छिन्द्र स्तब्ध

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकाको ब्लुस्टारसँग २–१ गोलले पराजित भएको हो । हारसँगै मच्छिन्द्र छनोट चरणबाटै बाहिरिएको छ…

सन्दीपको कप्तानीमा पहिलो उपाधि

काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । गत मंसिरमा सन्दीपले राष्ट्रिय टोलीको कप्तानी सम्हालेयता नेपालले पहिलो शृंखला जितेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई हटाउँदै…

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल…

नेपाल अपराजित रहँदै फाइनलमा

काठमाडौं : नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । यसअघि नै फाइनलमा स्थान बनाइसकेको नेपालले शनिबार भएको खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । नेपालले समूह चरणका चार वटै खेलमा…

गणेशमान सिंह स्मृति बक्सिङ : रोहित र मार्सल छनोट

काठमाडौं : धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका…

गणेशमान सिंह स्मृति बक्सिङ : प्रदेश १ का ११ खेलाडी छनोट

धरान : गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत प्रदेश १ का खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिताबाट सात पुरुष र चार महिला खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाका खेलाडीले दबदबा राखेका छन् ।…