खेल Archives | Page 19 of 62 | नेपालमाला

 

शुभाङ्गी र हेमन्त फाइनलमा

काठमाडौं :  बाग्मती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका…

भरतपुरमा प्रज्ञा स्मृति साइक्लिङ म्याराथन

काठमाडौं : प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन चैत २६ गते चितवनको भरतपुरमा हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलामा एलिट, मास्टर्स र चितवानवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक…

गणेशमान सिंह स्मृति बक्सिङ : अस्मिता र स्वस्तिका पहिलो

काठमाडौं : भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन् । भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् ।…

नेपालले आज ५०औं टीट्वेन्टी खेल खेल्ने

काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ । पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ ।…

गणेशमान सिंह बक्सिङलाई खेल सामग्री प्रायोजन

काठमाडौं : वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि विश्वप्रसिद्ध खेल उत्पादक कम्पनी ‘ग्रिन हिल’ले खेलकुद सामग्री सहयोग गरेको छ । पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको…

टीट्वेन्टी शृंखला : नेपालको दोस्रो जित

काठमाडौं : नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको एक सय १५ रनको मध्यम लक्ष्य…

नेपालको सुखद् सुरुवात

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो । एक सय ८४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले…

गोपाललाई अर्को सफलता

काठमाडौं : नेपाली खेलाडी गोपाल भण्डारीले ४३ औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकाको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् । उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना…

क्यानडा ३६ वर्षपछि फिफा विश्वकपमा

– मदन बस्नेत/क्यानडा अन्ततः ३६ वर्ष लामो प्रतीक्षापछि क्यानडाले फिफा विश्वकप फुटबल प्रतियोगितामा प्रवेश पाएको छ। फिफा वर्ल्डकप क्वालिफाइङअन्तर्गत टोरन्टोको बीएमओ फिल्डमा आइतबार राति भएको छनोट खेलमा जमैकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गतेपछि कतारमा हुने सन् २०२२ को फिफा…

हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको सिलान्यास

काठमाडौं : दोलखाको शैलुङमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) को शनिबार सिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शनिबार आइ अल्टिच्युड ट्रेनिङ सेन्टरको सिलान्यास गरेका हुन् । आइ…

नेपालको लगातार हार : पीएनजीलाई शृंखला

काठमाडौं : पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि नेपालले पराजय बेहोरेको छ । शुक्रबार पपुवा न्युगिनीसँग ६ रनले स्तब्ध बनेको नेपालले शनिबार तीन विकेटले नतिजा सुम्पिएको हो । पपुवा न्युगिनीले यूएईमा आईसीसी विश्वकप क्रिकेट लिग–२ मा…

पपुवा न्युजिनीसँग नेपाल स्तब्ध

काठमाडौं : पपुवा न्युजिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोमाञ्चक बनेको खेलमा नेपाल पपुवा न्युजिनीसँग ६ रनले पराजित भएको हो । अन्तिम ओभरमा जितका लागि १० रन बाँकी रहेको अवस्थामा सोमपाल…

राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ गते हुने

काठमाडौं : राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औं संस्करण यही चैत १८ र ११ गते हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब तीन सय खेलाडीको सहभागिता रहने…

इटली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल

 काठमाडौं : नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल…

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, देव खनालकाे डेब्यु

काठमाडौं : पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्यु गिनी पिएनजीविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएकाे छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङकाे निम्ताे दिएका हुन् । यसै खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसियमा डेब्यु…

नेपाल थाइल्यान्डसँग स्तब्ध

काठमाडौं : थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा बिहीबार भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोलले पराजित गरेको हो । थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले एक÷एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित…

विश्वकप लिग–२ : नेपाल पपुवा न्युगिनी प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । युएईको सारजाहमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । सन्दीप…