विशेष Archives | Page 81 of 242 | नेपालमाला

 

जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान

काठमाडौं : लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम…

एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघ्यो

 काठमाडौं : नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन…

सत्ता खोसिएको आवेगमै बित्यो एमालेको वर्ष दिन

काठमाडौं : ‘भोलि त एक वर्ष पूरा हुन्छ, विश्वमै नभएको परमादेश । इतिहासमै नभएको परमादेशको एक वर्ष हुन्छ,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सम्पादकहरूसँग भने । एक वर्ष अगाडि, ३० असार ०७८ मा पनि अध्यक्ष ओलीको आक्रोश यस्तै…

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै

काठमाडौं : आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश…

एकै दिन १७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४…

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

काठमाडौं : अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका…

जनार्दनमाथि १० दिनमा यसरी हुन्छ संसदीय छानबिन

काठमाडौं : बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन हुने भएको छ । छानबिन गर्न सजिलो होस् भनेर समिति गठन भए लगत्तै शर्माले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर पदबाट राजीनामा दिएको घोषणा गरे ।…

कोरोनाको चौथो लहरको जोखिम बढेको हो ?

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर…

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा

काठमाडौं : आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् । यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी…

इन्धनमा कोटा : सर्वसाधारणलाई सास्ती नै सास्ती

काठमाडौं : नेपाल आयल निगमले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै खपत घटाउन १० बुँदे सुझाव दियो । भन्यो, नभए जुनसुकै बेला इन्धन आपूर्तिमा समस्या आउन सक्छ । तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)मा…

प्रदेश १ को नामकरण पहिचानमा अड्कियो

विराटनगर : प्रदेश १ प्रदेश सभाको अन्तिम तथा दसौं अधिवेशनबाट बजेट पारित भएपछि दलहरू नामकरणको गृहकार्यमा जुटेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । दलहरुलाई नामका विषयमा छलफलका लागि उनले बजेट पारितपछि बैठकको…

गठबन्धन तोड्न फेरि कम्युनिस्ट एकताको पासो !

नेपालमा संविधानसँग छेडखानी गरेर आफैं त्यसको सिकार पहिले कांग्रेसका गिरिजाप्रसाद कोइराला बन्न पुगेका थिए, अहिले एमालेका केपी शर्मा ओली त्यही दुश्चक्रमा फँसेका कारण पुर्परोमा हात राखेर पछुताइरहेका छन् । तानाशाहहरू आफूभन्दा अगाडिका तानाशाहका गल्तीबाट पाठ सिक्नुको बदला उल्टै उनीहरूकै पदचिह्नको…

प्राणको स्रोत प्राणायाम

काठमाडौं : सास नियन्त्रण गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको हो । प्राणको अर्थ महत्वपूर्ण ऊर्जा वा जीवन शक्ति हुन्छ । प्राणायाममा श्वासप्रश्वासका माध्यमबाट शरीरका सबै भागमा ऊर्जा सञ्चित हुन्छ । त्यस्तै याम…

रञ्जु दर्शनाले ईश्वर पोखरेललाई चुनौती दिने

काठमाडौं : रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न…

मध्यरातमा तर्साउने कलाकारको त्यो फोन …

रात छिप्पिंदै थियो । दिनभरको थकान, दुई दिनदेखिको अनिंदो आँखा । अनि प्रेसर लो भएकोले होला, गहिरै निद्रामा परेछु । घडीको सुईले मध्यरातको १ बजाउन खोजिसकेको रहेछ । फोनको घण्टीले निद्रा बिथोलियो । सिरानीमुनि राखेको फोन झिकेर निद्रामा नै साइलेन्ट…

‘प्रेम छुटाउन कोठामा थुने, विष खाएर छटपटाउँदा पनि अस्पताल लगेनन्’

वीरगञ्ज : १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो । घटनास्थलको लोकेसन थियो, पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुर ढोङ्गी खोलाको मसानघाट । मृतक थिइन, श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी ।…

काठमाडौं महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गरी साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक…