विशेष Archives | Page 79 of 242 | नेपालमाला

 

पदाधिकारीकै क्षेत्रमा कमजोर एमाले : १९ मध्ये ३ क्षेत्रमा मात्रै अग्रता

काठमाडौं : आउँदो प्रतिनिधिसभा चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने परिस्थितिमा पुगेको नेकपा एमाले, शीर्ष नेताहरुकै निर्वाचन क्षेत्रमा कमजोर देखिएको छ । स्थानीय तह निर्वाचनको प्राप्त मत परिणामलाई आधार मानेर एमालेले नै गरेको विश्लेषण अनुसार सत्तारूढ दलहरूले गठबन्धन गर्ने हो भने १९ जना…

नेपाली चियाबारे भारतीय सांसदका ११ आरोप

काठमाडौं : भारतका सांसदहरुले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाएका छन् । भारतीय संसदको एक समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै नेपाली चियाको आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । भारतका दुई वटा सदनका ३०…

नेपाली चियाका लागि बजार खुला गर्न चीन सहमत

काठमाडौं : नेपालमा उत्पादन हुने चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको…

एमालेको आँकलन : ३२ सिटमा जित, काठमाडौंमा एकमात्रै

काठमाडौं : अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँमात्रै जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । जसमध्येका १० वटा निर्वाच क्षेत्रमा सहज जीत हुने उसको आँकलन छ…

गाईजात्रा : शोक र उल्लासको संगम

काठमाडौं : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको…

७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

 काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार…

संघीय चुनावको सुरक्षालाई सरसापटकै भर

काठमाडौं : ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनका लागि पर्याप्त हतियार नभएको भन्दै नेपाल प्रहरीले बजेट उपलब्ध गराउन पटक–पटक सरकारलाई ताकेता गर्‍यो । प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको प्रस्ताव गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पनि पठायो । तर बजेट…

तालमेलले कांग्रेस शीर्ष नेताकै टिकट जोखिममा

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै सिट बाँडफाँटको चुनौती थपिएको छ । सत्ताघटकमा पनि सर्वाधिक टाउको दुखाइ नेपाली कांग्रेसलाई भएको छ । सत्ताको नेतृत्वकर्ता दल हुनुको साथै सांगठनिक रुपमा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले बढी…

४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं : सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष…

४ मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने

काठमाडौं : मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने…

७६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५८९…

नागरिकता विधेयक खारेजीको माग

काठमाडौं : क्षत्री समाज नेपालले नागरिकता विधेयक खारेजीको माग गरेको छ । क्षत्री समाज नेपालले राष्ट्रघाती नागरिकता विधेयक खारेजीका लागि मंगलबार देशव्यापी विरोधका कार्यक्रम आयोजना गरेको थियो । क्षत्री समाज नेपालले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको…

खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो : प्रशिक्षक मेघराज केसी

 काठमाडौं : यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२०…

कास्कीमा एक दिनमै ३२२.८ मिलिमिटर वर्षा

काठमाडौं : मौसम बदली भई देशभर पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा वर्षाले खतराको तह पार गरेको छ । देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की,…

अमेरिकाको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ : पुटिन

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् ।रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका…

खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं : खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका…

भारतविरूद्ध भिड्दै नेपाली युवा टिम

काठमाडौं : भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल्दैछ। नेपालले आज घरेलु टिम भारतसँग खेल्न लागेको हो। नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू हुनेछ। नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको…