काठमाडौं : नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइसोलेसन र १२ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ५०७ पुगेको छ ।
उपत्यकामा थपिए १२५ जना
आज काठमाडौं उपत्यकामा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १०० जना,भक्तपुरमा ७ जना र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको हो। हाल काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६९४ रहेको छ। आज देशभर २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २०८२ नमूनाको पीसीआर र १०९३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट १७७ जना र एन्टिजेनबाट २९ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। बुधबार थप ४५ जना कोरोनामुक्त भएका छन्। नेपालमा हाल १००५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

नेपालमाला
