विशेष Archives | Page 74 of 242 | नेपालमाला

 

नवौं राष्ट्रिय खेलकद : पुलिसको विजयी सुरुवात

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरामा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई डकवर्थ लेविस नियमका आधारमा ६३ रनले पराजित गरेको छ । राष्ट्रिय प्रतियोगिता पहिलो पटक…

शिक्षाले दिलाइन् बागमतीलाई पहिलो स्वर्ण

काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ । बागमतीले महिला ब्यक्तिगत साबर बिधामा स्वर्ण जितेको हो । शिक्षा नापितले बागमतीलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले विभागीय टोली एपीएफकी उर्मिला लामालाई पराजित गरिन्…

महिलाको जनसंख्या ५१ प्रतिशत, चुनावी मैदानमा ९ प्रतिशत

काठमाडौं : जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा त्यो प्रतिविम्बित छैन । आधा आकाश ढाक्ने महिलाको ९ प्रतिशत मात्रै उम्मेदवारी छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि महिलाहरुको उम्मेदवारी निकै कम देखिएको छ ।…

यी क्षेत्रहरुमा हुनेछ रोचक चुनावी भिडन्त

 काठमाडौं :  प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता सकिएको छ । चुनाव जित्ने रणनीतिका साथ ठूला दलहरुले अन्य दलसँग गठबन्धन गरेका छन् । यस्तो अवस्थामा कतिपय क्षेत्रमा रोचक चुनावी समीकरण तय भएको छ । नेकपा एमालेमा आएको विभाजनले पनि कतिपय…

काठमाडौं १० मा फेरि राजन केसी

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा राजेन्द्रकुमार केसी (राजन) लाई नै टिकट दिएको छ । आइतबार बिहान भएको सहमति अनुरुप प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले केसीलाई टिकट दिएको हो । नेपाली कांग्रेसका तर्फबाट एकल सिफारिस भएका राजन केसी…

कोजाग्रत पूर्णिमा आज : दशैंलाई बिदा, लक्ष्मीको स्वागत

काठमाडौं : आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।…

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि सुरु

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो…

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं : आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय…

मिनेन्द्रलाई पन्छाउँदै सुजाताले पाइन् टिकट

 विराटनगर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको…

समानुपातिकतर्फ साढे ६ हजार उम्मेदवार

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सामानुपातिक पद्धतीतर्फ करिब साढे ६ हजार उम्मेदवार भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची…

यी हुन् सुदूरपश्चिमका कांग्रेस उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ । जस अनुसार…

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि…

टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौँ : आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत…

एकीकृत समाजवादीले लगायो उम्मेदवारको टुंगो

काठमाडौं : सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि…

प्रधानमन्त्री देउवासहित कांग्रेसका १० उम्मेदवारको टुंगो लाग्यो

काठमाडौं : नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शनिबार झिसमिसे बिहानसम्म बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभातर्फ नै हाल उद्योगमन्त्री रहेका…

डेंगु संक्रमितको संख्या ३२ हजार नाघ्यो, ४२ जनाको मृत्यु

काठमाडौं : नेपालमा यस वर्ष डेंगु संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् । डेंगु मानिसबाट मानिसमा सर्ने रोग…

भीम रावलले पाएनन् टिकट, झपट बोहोरा एमालेको उम्मेदवार

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ । ‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर…