विशेष Archives | Page 73 of 242 | नेपालमाला

 

टीट्वेन्टी विश्वकप : जिम्बावेसँग हा¥यो पाकिस्तान

पर्थ : पाकिस्तानले टीट्वेन्टी विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार साँझ भएको खेलमा पाकिस्तान जिम्बावेसँग स्तब्ध बनेको हो । अस्ट्रेलियाको पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले स्तब्ध बनाएको हो । एक सय ३१ रनको लक्ष्य पछ्याएको…

तिहारमा ७५ करोडको फलफूल आयात, इटालीबाट किबी र भियतनामबाट ड्रागन फ्रुट

 काठमाडौं : फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्रवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । काठमाडौँ उपत्यकामा भित्रिने कूल…

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

काठमाडौं : आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।…

भाइटीकाको उत्तम साइत ११:३७ मा, कुन दिशामा बसेर लगाउने ?

काठमाडौं : तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको…

नोस्टाल्जिक बनाउने ५ देउसी-भैलो गीत

काठमाडौं : तिहारमा के हुन्न ? मीठो पकवान, झिलिमिली उज्यालो, पशुपंक्षीको पूजा, चेली-माइतीको हार्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व ? नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहारलाई पृथक बनाएको छ । जसै तिहारको…

भाइटीकामा थरीथरीका माला, कति पर्छ मूल्य ?

काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको गोल्ड गणपति गिफ्ट एण्ड सपले तिहारका लागि माला बिक्री गरिरहेको छ । यहाँको पसलमा सयपत्री, गोदावरी, मखमली गरी तीन प्रकारका फूलबाट भाइटीकको माला बनाइन्छ । पसलका सञ्चालक शिव मर्हजनकाअनुसार तीन प्रकारका फूलमा गुलाव, जरी र…

तिहारमा देशभरको मौसम सफा रहने

काठमाडौं : मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर…

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता !

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो ।…

नवौं राष्ट्रिय खेलकुदमा चम्किएका स्टार

पोखरा : दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित बिहीबार नवौं संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार समापन भएको राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा प्रतिस्पर्धा भएको थियो। राष्ट्रिय खेलकुद परिषद्को केही व्यवस्थापकीय कमजोरीका बाबजुद् नवौं…

यम पञ्चक सुरु : भाइटीकाको साइत कात्तिक १० गते ११:३७ बजे   

काठमाडौँ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस…

कर्णालीमा भेट्ने बाचा गर्दै सकियो नवौं राष्ट्रिय खेलकुद

पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजित विशेष समारोहमा…

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, तैपनि मूल्य घटाउँदैन निगम !

काठमाडौं : नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार…

नवौं राष्ट्रिय खेलकुद : पौडीमा राष्ट्रिय कीर्तिमानको ओइरो

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सात नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । ४०० मिटर पुरुष फ्रिस्टायलमा चार, १०० मिटर बटरफ्लाईमा तीन, महिला १०० मिटर बटफ्लाईमा एक, पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा दुई, महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा एक, पुरुष ५० मिटर…

सँगै बसेको हो, बलात्कार गरेको होइन : सन्दीप

काठमाडौं : बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको…

नवौं राष्ट्रिय खेलकुद : फेरि रोकियो तेक्वान्दो

काठमाडौं : उच्च अदालत पाटनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोका प्रतियोगिता कात्तिक १ गतेसम्म आयोजना नगर्न आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले युवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई राम गोलेलगायतका खेलाडीले दायर गरेको रिटमा कात्तिक…

गण्डकीमा नेपाली खेलकुदको कुम्भमेला

पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा सुरु भएको छ । शुक्रबार आयोजित विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घटन गरिएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ सुरु भएको नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति…

युनियनका तेक्वान्दो खेलाडी सहभागी नगराउन उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले तेक्वान्दो युनियनका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश श्यामकाजी प्रधानको एकल इजलासले गत असोज १३ गते छनोट प्रतियोगितामार्फत चयन भएका बागमती प्रदेशका खेलाडीलाई नवौं राष्ट्रिय…