विशेष Archives | Page 76 of 242 | नेपालमाला

 

दशैंमा भारी वर्षा : नवमीदेखि द्वादशीसम्म पानी पर्ने

 काठमाडौं : यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा…

डेंगुले ३८ जना बितिसके, हाइसञ्चोमा सरकार

काठमाडौं : भदौ महिनामा बूढानीलकण्ठ नगरपालिकाका सबै वडाले डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान कतै एक, कतै दुई पटक सञ्चालन गरे । त्यसपछि अभियानले निरन्तरता पाएन । विज्ञका अनुसार डेंगु नियन्त्रण गर्नका लागि उक्त अभियान प्रत्येक हप्ता दुई पटक…

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार (आज) मध्यरातिदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव…

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै

काठमाडौं : दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन…

बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

काठमाडौं : बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा…

माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप : सुप्रिका र रुपेशलाई स्वर्ण

पोखरा : नेपालका सुप्रिका गुरुङ र रुपेश तामाङले ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । बिहीबार पोखरास्थित बहुउद्देशीय कभर्डहलमा भएको महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा सुप्रिका र पुरुष ६३ केजी तौल समूहमा रुपेशले स्वर्ण पदक जितेका…

राजन केसी : ‘म्यान अफ दी इलेक्सन’

काठमाडौं : देश अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको छ । नेपालीहरुको महान चाड बडा दशैं नजिकै आइसक्दा पनि मानिसहरुको ध्यान चाडबाडमा भन्दा मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ । कुन नेता कहाँबाट उम्मेदवार होलान् र कसले टिकट पाउँलान्…

४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ ।…

देशभर मौसम आंशिकदेखि सामान्य बदली, केही ठाउँमा चट्याङसहित वर्षा हुने

 काठमाडौं : आज देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले…

नेपाललाई हराउँदै बंगलादेश महिला साफको नयाँ विजेता

काठमाडौं : बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले…

थप ९१ जनामा कोरोना संक्रमण, १६५ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण…

ऐतिहासिक उपाधिको खोजीमा नेपाल र बंगलादेश

काठमाडौं : छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले…

पूर्वफुटबलर थापा राजनीतिमा

काठमाडौं : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्व फुटबल खेलाडी सुन्दर थापा पनि चुनावी मैदानमा उत्र्ने भएका छन् । लामो समय खेलकुद क्षेत्रमा सक्रिय थापाले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्…

सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं : यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरिएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् ।…

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध

काठमाडौं : काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक…

अपडेट : अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

धनगढी : अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा…

देश र जनतालाई कांग्रेसले के दियो ?

कांग्रेसको ओठे जवाफ हुने गर्छ– प्रजातन्त्र दियो । त्यो भनेको आवधिक निर्वाचनका माध्यमबाट जनताले आफ्ना प्रतिनिधि रोज्न र फेर्न पाउने अधिकार हो । त्यस्तो अधिकार भारत, बेलायत, अमेरिका र जापानका जनतालाई प्राप्त छ । तर चीन, उत्तर कोरिया, भियतनाम र…