काठमाडौं : छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश…
ओलीमाथि उर्दीको दोष किन ?
नेपालका कम्युनिस्टका कुनै पनि समूहका नेताले बिनासंकोच तर निर्लज्ज तरिकाले प्रदर्शन गर्ने पाखण्डमध्ये एक हो, लोकतन्त्रको व्याख्याको धृष्टता । बगरेले अहिंसाको वकालत गर्नु र कम्युनिस्टहरूले प्रजातन्त्र र बहुदलको परिभाषा लगाउनु हात्तीछाप चप्पल नै हो । कम्युनिस्ट पार्टीका आलाकाँचा नेताले त…
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको…
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय
पोखरा : नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३…
सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो…
प्रचण्डलाई माधव नेपालको ज्ञापनपत्र– बाँच्न धौधौ भयो, आर्थिक संकट समाधान गर्नुस्
काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी…
आन्तरिक हवाई यात्रु संख्यामा कीर्तिमान
काठमाडौं : कोरोना भाइरसको महामारी कम भएसँगै आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार त्रिभुवन विमानस्थलबाट मात्र एक वर्षको अवधिमा ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन्…
एक पटकको नेपाली संधैका नेपाली भन्ने प्रस्ताव ल्याउनुस् रविजी
दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि आफूले खाइपाइ आएको उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संघीय सांसद सबै पद एकाएक गुमेपछि प्रतिक्रियाविहीन बनेका रवि लामिछानेले आफूलाई ‘अनागरिक’ भएको स्वघोषणा गरेर ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न थालेका छन्। सर्वोच्च अदालतको फैसलालाई…
चैत १७ देखि यो वर्षके एसईई परीक्षा हुने
काठमाडौं : यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी…
ब्याक टु मंगलमान !
संविधान सभाले बनाएको नेपालको संविधान २०७२, कार्यान्वयनमा आएपछि भएका प्रतिनिधि सभा र सात प्रदेश सभाका दोश्रो पटकको निर्वाचन परिणामबाट यो सिद्ध भएको छ कि यो संविधानबाट राजनीतिक स्थिरता मरिकाटे संभव छैन । समग्र आर्थिक विकासका दृष्टिले त संविधान यसअघि नै…
रवि लामिछाने : लोक रिझाइको यात्रामा सर्वोच्चको ब्रेक
काठमाडौं : सर्वोच्च अदालतको फैसलाबाट राजनीतिक तथा नागरिक अधिकार गुमाएका रवि लामिछानेले तीन महिना अगाडि नै आफूले खेप्नुपर्ने संभावित संकटबारे बताएका थिए । आफ्नो नागरिकताको वैधानिकताबारे मुद्दा परेपछि चितवनको नारायणी किनारबाट रविले भनेका थिए, ‘अब एउटै मात्रै कुरा बाँकी छ,…
इमान्दार राजनीतिज्ञको आवश्यकता
समाज सेवाको उच्चतम् रुप नै राजनीति हो । राजनीतिमा सेवाभावले होमिने हो, न कि कुनै लगानी र प्रतिफलको व्याक्तिगत हिसाब किताबले । सही गन्तव्य तय गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल प्रदान गरिरहेको हुन्छ । त्यही नै राजनीतिज्ञको…
प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा
काठमाडौं : सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…
म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन : रवि लामिछाने
काठमाडौं : रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका…
चितवन २ मा उपनिर्वाचन हुने
काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो । निर्वाचन…
रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं : सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट…
आत्मदाहमा रोइलो गर्नेहरु हो, आत्महत्यामा किन चुपचाप ?
संघीय संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहलाई लिएर सामाजिक सञ्जालमा अधिक आक्रोश देखिन थालेपछि र सिङ्गो राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वलाई नै दोषी करार गर्न लागेपछि सरकार यतिबिघ्न अत्तालियो कि मृतक आचार्यले उठाएको विषयमा छानबिन गर्न र यथाशीघ्र…
