दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि आफूले खाइपाइ आएको उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संघीय सांसद सबै पद एकाएक गुमेपछि प्रतिक्रियाविहीन बनेका रवि लामिछानेले आफूलाई ‘अनागरिक’ भएको स्वघोषणा गरेर ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न थालेका छन्।
सर्वोच्च अदालतको फैसलालाई सहर्ष स्विकार्नुको साटो सहानुभूतिको राजनीति गर्ने उनको त्यो ‘अनागरिक’को रुन्चे नारालाई यतिखेर उनका अन्धभक्तहरुले गतिलैसँग भजाउँदै हिंडिरहेका छ्न्।
आफ्नो नितान्त ब्यक्तिगत फाइदाका लागि नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएका र पछि परिबन्दमा परेपछि अमेरिकाको नागरिकता परित्याग गरेर पत्रकारबाट नेता बनेका रविले आफूलाई ‘अनागरिक’ भन्न छाडेर नेपालको विद्यामान नियम कानुन अनुसार विधि पु¥याएर नेपाली नागरिकताका लागि निवेदन दिन जान्छु भनेको भए उनलाई क्याबात भन्ने ठाउँ रहन्थ्यो। तर, उनी त उही सस्तो लोकप्रियताको सजिलो बाटोतिर लागेर जनमानसको सहानुभूति बटुल्न ‘अनागरिक’को ढोक्से थाप्न पुगे।
अदालतको त्यस्तो आदेश आउँदैमा रविले त्यसरी तर्सी हाल्नु पर्ने र आत्तिएर रुवासासी गर्नु पर्ने थिएन। देश र जनताको सेवा गर्न सरकारको मन्त्री नै हुनु पर्छ भन्ने पनि छैन। गणेशमान सिंहले पाएको प्रधानमन्त्री छाडे, महात्मा गान्धीले प्रधानमन्त्री नेहरुलाई बनाए आफू बनेन्। उनीहरु सधैंभरी सबैका लागि प्रिय भए, अमर बने। रविको अहिलेको छ्टपटाहटमा त्याग होइन, इगो हर्ट भएको देखियो।
सरकारको अहिलेको संरचना अनुसार रविलाई देश र जनताको पक्षमा कुनै पनि एजेन्डा पास गराउन गाह्रो छैन। जनताको आवाज उठाएकै भएर नै यति छिटो यति ठूलो उपलब्धि हासिल गरेका रवि, यति धेरै हतास र उदास नभइदिएको भए राम्रो हुने थियो। त्यसमाथि नेपालको संविधान अनुसार गैरसांसदलाई पनि ६ महिनाका निम्ति मन्त्री नियुक्त गर्न मिल्ने कानुनी प्रावधानबाट रविले अब तत्कालै नेपाली नागरिकता लिने र त्यसपछि पुनः गृहमन्त्री बन्ने र पछि उपनिर्वाचनमार्फत संसदमा भित्रिने बिकल्प पनि बाँकी नै छ। चितवनको उनको त्यो रिक्त स्थानमा अब उनकाविरुद्ध सत्ता घटक दल एमाले र माओवादीले आफ्ना उम्मेदवार उठाउने पनि छैनन् र रविले सिधै वाकओभर पाउने सम्भावना पनि टड्कारो छ। सत्तालाई नै सर्वोपरी ठानेको हो र त्यसैको महत्वकांक्षा राखेको हो भने पनि अलिक दिन धैर्य गर्दा भइहाल्थ्यो, आकाश नै खसे जस्तो गर्न किन पर्थ्यो र ?
अरुलाई कुर्लि कुर्ली नैतिकता र इमान्दारिताको पाठ पढाउँदै हिड्ने रविले कानुनको त्यो छिद्रे बाटो अवश्य पनि अबलम्बन नगर्लान्। कानुनी राज्यको उपहास गर्न छाडेर रविलाई एउटा सबल, सक्षम र परिपक्व राजनेता बनेको हेर्न मन गर्ने जनमानसको संख्या धेरै ठुलो छ।
आशा गरौं रविले सामाजिक संजालहरुमा स्याल हुइँया गर्नेहरु र माइतीघर मण्डलामा गएर घाम ताप्नेहरुबाट आफूलाई जोगाउने छन् र अरुलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाच्चिने गरी हान्न मन छ भन्ने उनलाई आम जनताले उनकै भाषा सापटी लिएर त्यसैगरी गाली गरेको सुन्न पर्ने छैन।
रविले आफैले आफूलाई अनागरिक भन्ने र उनका अन्धभक्तहरुले कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछी दगुरेको अहिलेको जुन परिदृष्य छ त्यो भने अति नै हास्यास्पद र लज्जास्पद छ। रवि कसरी अनागरिक रु किन र के कारणले अनागरिक ? नागरिकता लिने कुरा आफैमा ऐच्छिक विषय हो। रविलाई नागरिकता लिन मन लागे सम्बन्धित निकायमा प्रक्रिया पुर्याएर निबेदन हाल्दा भैइहाल्यो। राज्यले घर घरमा कसलाई नागरिकता चाहियो भनेर सोध्ने र पुर्याउने गर्छ र ? कि रवि जि कोलागी बिशिष्ट ब्यबस्था गर्नु पर्यो भन्न खोजिएको हो ?
तपाईं हामी सबैले नागरिकता घरमा पाएको कि नागरिकता चाहियो भनेर निबेदन हालेको रु एक क्षण घोत्लिएर सोच्ने कि रु रविले अहिले सम्म नेपालको नागरिकता नै नपाएको कि पाएर पनि आफैले त्यागेको रु नेपालको कानुन अनुसार अर्को देशको नागरिकता लिएपछी स्वतस् खारेज भएको नागरिकता उनी जस्तो जाने बुझेको मान्छेले किन प्रयोगमा ल्याएको ?
फेरि, रविलाई अदालतले कहाँ अनागरिक घोषणा गरेको छ र उनी अनागरिक रु के अदालतले रविलाई देश निकाला गरेको हो र अनागरिक हुनलाई रु होईन। अनि किन अनागरिकको यत्रो होहल्ला रु उनले अमेरिकाको नागरिकता लिएकाले उनको पहिलेको नेपाली नागरिकता खारेज भएको हो। अब नयाँ लिन त उनले विधि पुर्याएर सम्बन्धित निकायमा गएर निवेदन गर्नु पर्यो। प्रचलित कानुन अनुसारको सबै प्रक्रिया पूरा गर्ने, नयाँ नागरिकता लिने। कुरो त्यत्ती हो।
रविले आफुले आफैलाई अनागरिक भन्न कसरी मिल्छ रु नागरिकता जस्तो संवेदनशील विषयलाई किन राजनीतिको फोहरी खेलमा गिजोल्न खोजेको रु नागरिकता पाउँ भनेर निवेदन नै नदिएपछि राज्यले कसरी नागरिकता दिने रु निबेदन दिएर पनि नागरिकता दिएन भने, त्यस्तो अबस्थामा अनागरिक भन्न सुहाउँछ तर नेपालको बिद्यमान कानुन अनुसार उनको पुरानो नागरिकताको खारेजीलाई उनी अनागरिक भए भन्न मिल्दैन। अदालतले भन्दै नभनेको र बोल्दै नबोलेको विषयमा आफैं डाँको हालिहाली किन अनागरिक को डंका पिटेको ? रविको अहिलेको अबस्था भनेको नागरिकता नलिएको अबस्था हो, अनागरिक भएको वा बनाईएको होईन। नागरिकता नलिएका सबैलाई अनागरिक भन्ने र मान्ने हो भने नेपालका १६ बर्ष मुनिका सबैजना अनागरिक रु उमेर पुगेर पनि अहिलेसम्म नागरिकता नलिएकाहरु के ती सबै अनागरिक रु
कतिपय उपबुज्रुकहरुले त रबिलाई अन्तर्राष्ट्रिय अदालतमा जान उस्काई रहेका छ्न्। उनलाई अन्तर्राष्ट्रिय अदालतमा होईन, विदेशी नागरिकता त्यागेको निस्सा लिएर जिल्ला प्रशासन कार्यलय जाँदा छिटो नागरिकता प्राप्त हुन्छ भन्ने सत्य कुरा कसैले बताई दिए हुन्थ्यो नि १ कठै अन्धभक्त हो ? रविको ठाउँमा यदि यही अपराध अन्य सर्बसाधरणले गरेको भए सायद अदालतको निर्णय यति सरल र नरम हुने थिएन होला। किर्ते र जालसाजी गरेको अभियोगमा जरिवाना र जेल दुबै सजाय हुने थियो। यस अर्थमा रवि निकै भाग्यमानी हुन्। अदालतले धन्न उनलाई जरिवाना र जेल सजाय गरेन। अदालतले उनलाई जीवनदान दिएको छ। त्यसैले अदालतलाई रविका अन्धभक्तहरुले धारे हात नलगाउँदा नै वेस।
हो, अदालतको फैसला जति निष्पक्ष हुनु पर्थ्यो त्यति निष्पक्ष भएन, पक्षपाती नै देखियो। झुटा विवरण पेस गरेर रविले राहदानी लिएको, चुनावमा उम्मेदवारीको दिएको, संसद बनेको, मन्त्रीको नियुक्त्ती लिएको सबै खारेज भयो तर त्यस्तो झुटो विवरण पेश गर्ने र सही ठहर्याउने जति सबैलाई खोई त सजाय तोकेको रु पार्टी दर्ता गर्ने र उनको उम्मेदवारी सदर गर्ने निर्वाचन आयोग, उनलाई उपप्रधानमन्त्रीमा नियुक्ति गर्ने प्रधानमन्त्री र सपत खुवाउने राष्ट्रपतिलाई अदालतले किन उन्मुक्त्ती दिएको रु ठुलालाई चैंन, सानालाई ऐन !
बिदेशमा बस्ने गैर आवासीय नेपाली ूएनआरएनू लाई नेपालसंग जोड्न एउटा परिचय पत्र माग्दा ूभुतपुर्व नेपालीू को बिल्ला भिराउनेहरुको घुच्चुकमा अदालतले अहिले गतिलैसंग प्रहार गरेको छ। बेलैमा एनआरएनलाई दोहोरो नागरिकताको अधिकार दिएको भए रविले अहिलेको यो नौबत झेल्न पर्ने थिएन। के गर्छ्स् मंगले आफ्नै ढंगले !
आफ्नो पेशा, शिक्षा, रोजगारी र वृत्ति बिकासकालागि बिदेशीएका नेपालीलाई भगौडा भन्ने र भुतपुर्व नेपाली भनेर काखी बजाउनेहरुको दिमागको बत्ती यदि यतिखेर साच्चै नै बलेको हो भने अदालतको फैसलाको खिसिट्युरी गर्न छाडेर गैर आवासीय नेपाली ूएनआरएनू का मागहरुलाई अबिलम्ब सम्बोधन गर्नेतिर लाग्दा राम्रो।
अदालतले अहिलेको कानुनमा नागरिकता सम्बन्धि जे प्राबधान छ, त्यही अनुरुपको फैसला गर्यो। भविष्यमा फेरि त्यस्तो नहोस् भन्ने हो भने नयाँ कानुनी ब्यबस्थाको बन्दोबस्तीमा लाग्नु पर्यो। रोईलो गरेर बसेर समाधान निस्कन्न।
रविका अन्धभक्तहरुको चेत खुलेको नै हो भने अनागरिकको स्याल हुईंया गर्न छोडेर बिदेशमा बस्ने नेपालीलाई सकिन्छ दोहोरो नागरिकता देऊ, होईन भने कम्तिमा पनि संबिधानले ब्यबस्था गरेअनुरुपको अधिकार उपभोग गर्न पाउनेगरी राष्ट्रिय परिचय पत्रको ब्यबस्था गर भनेर रवि स्वयंलाई र उनको समर्थनको प्रचण्ड सरकारलाई घेर्न जानु पर्यो। माईती घर मण्डलामा घाम तापेर समस्याको समाधान कसरी हुन्छ रु सिंहदरबार जान छाडेर माईतीघर मण्डलामा बदम छोडाएर बसेर रवि अनागरिक भयो भनेर गोहीको आँसु बगाउनुको कुनै अर्थ छैन।
बर्तमान सत्ताको साँचो बोकेर बसेका रविले पनि अनागरिक भए भनेर राँडो रुवाई गर्न छाडुन् र नेपाल मै जन्मे हुर्केका बिदेशमा बस्ने नेपाली र तिनका सन्तानलाई नेपालसंग जोडी राख्न र ूएक पटकको नेपाली सधैंको नेपालीू को नारालाई सार्थक तुल्याउने गरि ऐतिहासिक निर्णय गराउने हिम्मत जुटाउन्।
होईन, हम तो डुबेंगे सनम, तुमको भी ले डुबेंगेको नीति मै रवि रमाउँछन् भने भीरबाट लड्ने गोरुलाई राम राम भन्न बाहेक अर्थोक के नै पो गर्न सकिन्छ र रु आफुले जस्तै पीडा बिदेशमा बस्ने अरु नेपालीले भोग्न नपरोस् भन्ने सोचेर सहि मार्ग पहिल्याउने र ईतिहास रच्ने अवसर अझै गुमेको छैन। रवि अब रवि बन्ने कि छ्द्मवेशी ढोँगी ? निर्णय आफ्नै हातमा छ।