आज काठमाडौंको बुद्धनगरमा अवस्थित काव्य स्कुलले सबैका लागि शिक्षा भन्ने राष्ट्रिय नाराका लागि दौड कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङ्गणबाट सो कार्यक्रम प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नेपाललाई पहिलो अन्तर्राष्ट्यि पदक दिलाएका ओलम्पियन जितबहादुर केसीले पानसमा दीप प्रज्वलन र प्रमुख अतिथिलगायत विद्यालयका संस्थापक प्रधानाध्यापक र निर्देशकहरुले बेलुन उडाएर कार्यक्रमको समुद्घाटन गरेका थिए। उक्त कार्यक्रममा खेलकुद जगतका विशिष्ठ व्यक्तिहरूसमेतको उपस्थिति थियो । कार्यक्रममा सुरक्षा निकायका विशिष्ठ व्यक्तित्वहरू, नेपाल स्काउटका प्रतिनिधिसहितको टोली, स्थानीय जनप्रतिनिधिहरू, टोल व्यवस्थापन समिति, उपत्यकाभित्रका विभिन्न विद्यालयका संस्थापक शिक्षकशिक्षिकाहरू तथा विद्यार्थीहरू र कर्मचारीहरूको सक्रिय सहभागिता भएको थियो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज बास्कोटाले आगन्तुक पाहुना सबैलाई स्वागत गर्दै सबैका लागि शिक्षाका लागि दौडको महत्वमाथि प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा ससाना विद्यार्थीहरूले सङ्गीतबद्ध राष्ट्रिय गान गाउनुका साथै सांस्कृतिक नृत्य र तेक्वान्दो खेल पनि प्रदर्शन गरेका थिए । सो अवसरमा अभिभावकहरू र आगन्तुक अतिथीबाट कार्यक्रमको बारेमा हौसलापूर्ण मन्तव्य दिँदै आजका बालबालिकालाई किताबी ज्ञान मात्र नभएर यस विद्यालयले स्थापनाकालदेखि नै खेलकुदलाई समेत शैक्षणिक कार्यकलापमा समेट्दै आएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा काव्य खेलकुद सप्ताह २०७९ का उत्कृष्ट खेलाडी बालबालिका र म्याराथन धावक अभिभावक सम्पूर्णलाई प्रमाणपत्र दिइएको थियो । कार्यक्रमलाई सुरुदेखि नै यसै विद्यालयका शिक्षक गणेश दाहाल र शिक्षिका प्रितिका न्यौपानेले सञ्चालन गर्नुभएको थियो । सुरुदेखि नै यसै विद्यालयका शिक्षक गणेश दाहाल र शिक्षिका प्रितिका न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।