बुटवल : खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे…
झापामा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिए
झापा : दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कचनकवल– ४…
बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्ग खन्ने काम ठप्प
काठमाडौं : नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ । शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो । २० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग…
कहिले चढ्न पाइएला धरहरा ?
काठमाडौँ : साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको…
विदेशमा पढाइ : ५ महिनामा बाहिरियो २९ अर्ब
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रुपमा २८ अर्ब ८१ करोड रुपैयाँको…
साँझदेखि मौसमी प्रणाली भित्रिदै, रातिदेखि पानी पर्ने सम्भावना
काठमाडौं : आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको…
मौसम : आज सफा, सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने
काठमाडौं : आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी सबै…
रास्वपाकी सांसद इन्दिरा राना मगर उपसभामुख
काठमाडौं : उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए…
लामा र चाम्स सम्मानित
वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशक मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बू र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित गरिएको छ । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र संगीत उद्योगमा…
क्यानडाका प्रधानमन्त्री ट्रुडो नेपाली रेस्टुरेन्ट हाक्का खजानामा, राजधानी ओटवामा शाखा खोल्न सुझाव
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत मंगलबार विन्डसोरमा नेपालीले सञ्चालन गरेको हाक्का खजाना रेस्टुरेन्टमा पुगेर नेपाली परिकारहरुको स्वाद लिएका छ्न्। करिब दुई घण्टाको बसाइका क्रममा उनले त्यहाँ नेपाली परिकार मःमः र चिल्ली चिकेन खाएका थिए भने क्यानडाको बजारमा नेपालीले पहिलो पटक…
मधेसमा शितलहरको कहर : जाडोले १५ जनाको ज्यान गइसक्यो, दाउरा बाँडेर बसेको छ सरकार
जनकपुर : माघ महिनाको चिसो बिहान, महोत्तरीको गौशाला नगरपालिका–४ की ७० वर्षीया पानो सदा र उनका पति ७५ वर्षीया जितु सदा आगो (घुर) ताप्दै जाडो छल्दैथिए । दैलोमा बालेको घुरमा आगो निभ्नै लागेको थियो । तर न्यानोको लागि सदा दम्पती…
कांग्रेसलाई अर्को झड्का
काठमाडौं : सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘सभामुखमा प्रतिस्पर्धा गर्यौं । सँगसँगै प्रतिनिधिसभा भित्र प्रतिपक्षी बेञ्च सशक्त गर्दै लगेका छौं ।’ लेखककै भनाइलाई विश्वास गर्ने हो भने केही दल आफ्नो पक्षमा खुल्नुलाई कांग्रेसले…
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
बागलुङ : दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरिन्। प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना…
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित
काठमाडौं : सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद…
साझा बसमा सवार सरकार !
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएपछि गोरखा पुगेर आफ्नो नेतृत्वमा बनेको सरकारलाई सबै दलले विश्वासको मत प्रदान गरेकाले आफू सबैका साझा प्रधानमन्त्री भएको ठोकुवा गरेका छन् । धेरै पहिले होइन, २०५५ सालमा गिरिजाप्रसाद कोइराला, एमाले र राप्रपाको…
आजको मौसम : सुदूर र कर्णालीमा वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पहाडी भूभागका आंशिक बदली छ । तराईमा हुस्सु लागेको छ ।दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र…
सभामुखको निर्वाचन आज : एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा
काठमाडौं : आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो…
