विशेष Archives | Page 241 of 242 | नेपालमाला

 

उपनिर्वाचन : दलहरुको अन्तिम दौडधूप

काठमाडौं : जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएपछि त्यसअघि नै जनता आकर्षित गर्न उनीहरु दिनरात खटिरहेका छन् । दलहरुले बुधबार दिउँसोसम्म…

अतिरित्त शुल्क फिर्ता हुने

काठमाडौं  : मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबीच भएको सहमतिअनुसार…

सागमा १८ हजार सुरक्षाकर्मी   

– नारायण ढुङ्गाना     दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको…

बालुवाटारमा निर्माण व्यवसायीको दोस्रो दिन धर्ना   

काठमाडौ  : म्याद थप, बैंक क्रेडिट लाइनलगायत मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज दोस्रो दिन पनि प्रधानमन्त्री निवास बालुवाटारअघि शान्तिपूर्ण धर्ना दिएको छ । धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री…

धरहराको पुनर्निर्माण धमाधम

काठमाडौं : २०७२ को विनासकारी भूकम्पबाट ढलेको धरहरा पुनर्निर्माणको काम अहिलेसम्म करिब ३२ प्रतिशत सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिएको छ । अहिले धरहराको तेस्रो तला ढलानको काम सम्पन्न भएको छ । धरहरा…

२४ अर्ब राजश्व संकलन

रसुवा : रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१…

शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई कारवाही

काठमाडौ‌ं : सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थितमा सोमबार बसेको बैठकले यो निर्णय गरेको…

तामाकोसी ढिलाइमा सरकारको चासो

काठमाडौ :  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले माथिल्लो तामाकोशी जलविद्युत्…

पशुपतिमा दीपदान गर्ने भक्तजनको भीड

काठमाडौ : दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आज बिहानैदेखि पशुपति क्षेत्रमा जम्मा भएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आज…

नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो

काठमाडौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ ।…

कस्तो रहने छ सोमबार र मंगलबारको मौसम ?

काठमाडौं  : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुनसक्ने जनाएको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले…

भ्रमण वर्षमै पर्यटक आगमन न्युन

भैरहवा : प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको र संघीय सरकारले सन २०२० लाई भम्रण वर्षको रूपमा मनाउने तयारीको पूर्व सन्ध्यामा बाह्य पर्यटकको आगमनमा कमी आएको छ। स्थलमार्गको बेलहिया त्रिभुवन विमानस्थलपछि सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने नाका हो। यस नाकाबाट एक…

उपनिर्वाचनमा खटिनेका लागि बीमा   

काठमाडौ : प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं…

१३औं सागको प्राविधिक काम अन्तिम चरणमा

– मुना कार्की     दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको सङ्ख्या निर्धारण लगायतको काम सम्पन्न भएको छ । खेल स्थल एवं…

काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ । अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी छलफल गर्न चीनको नेसनल रेल्वे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोली सोमबार काठमाडौं आउँदै छ । टोलीसँग काठमाडौं केरुङ मार्गको…

भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुनःनिर्माण

काठमाडौ : भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको बैठकमा प्राधिकरणले चार लाख ७९ हजार ५४५ घर निर्माण सम्पन्न भएको जानकारी…

समाधान भएन जडीबुटी जामको समस्या   

– सञ्चिता घिमिरे अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ? सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको…