काठमाडौं : २०७२ को विनासकारी भूकम्पबाट ढलेको धरहरा पुनर्निर्माणको काम अहिलेसम्म करिब ३२ प्रतिशत सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिएको छ । अहिले धरहराको तेस्रो तला ढलानको काम सम्पन्न भएको छ । धरहरा पुनर्निर्माणमा समस्या देखिएपछि गोश्वरा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय नेपाल औषधि लिमिटेड भवनमा सारिएको छ ।
स्थानीयको मागअनुसार नै उत्तरतर्फ सडक खोलिएको र मूल सडक जोड्ने गरी गुरुयोजना तयार भइरहेको छ । ५ अक्टोबर २०२० मा धरहरा पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । ०७२ को भूकम्पले भत्काएको ९ तले धरहरालाई २२ तले आधुनिक धरहराका रूपमा पुनर्निर्माण गरिँदैछ । २२ तले बने पनि उचाईमा धेरै फरक नपर्ने बताइएको छ ।
Previous Article
२४ अर्ब राजश्व संकलन
Next Article