कस्तो रहने छ सोमबार र मंगलबारको मौसम ?

काठमाडौं  : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुनसक्ने जनाएको छ ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।
विभागले पहाडी भू भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भुभागका हल्का हिमपात हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

सोमबार
देशका मध्य र पूर्वी भागमा सामान्य बदली हुँदा पश्चिमी भागमा भने आंशिक प्रभाव मात्र रहनेछ । पूर्वी र मध्य पहाडी भागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

मंगलबार
देशको पहाडी भागमा सामान्य बदली रहने छ । रातिको समयमा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments