काठमाडौं : सोमबार दिनभरि काठमाडौं उपत्यकामा राम्रोसँग घाम लाग्न पाएन । तुवाँलोले वायुमण्डल ढपक्कै ढाकिरह्यो । धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव गरे । अघिल्लो साता यसरी नै प्रदूषण बढेपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय…
नाइजेरियाको जेलबाट एकै पटक १८०० कैदी भागे
काठमाडौं : नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् । सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको…
काठमाडौंमा एमाले नेपाल समूहको समानान्तर कमिटी
काठमाडौं : नेकपा (एमाले) माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर समानान्तर कमिटी घोषणा गरेको हो। वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। बागमती प्रदेशसभा सदस्य वसन्त…
समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकसाथ १६५ रणनीतिक सडकको शुभाराम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। मिडियाले मेलम्चीको पानी काठमाडौंमा आएको समाचार नछापेको तर प्रधानमन्त्रीको राजीनामा…
किसुनजी स्मृति हाफ म्याराथन : गजेन्द्र र पुष्पालाई उपाधि
काठमाडौं : नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट…
सरकारको नेतृत्वका लागि अग्रसरता लिने कांग्रेस शीर्ष नेताको सहमति
काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टी नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको छ। शुक्रबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिटी बैठकअघि भएको शीर्ष नेताको छलफललले सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको हो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ…
अवार्ड कार्यक्रम आधिकारिक होइन : उसु महासंघ
काठमाडौं : नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले आयोजना गर्न लागेको ‘उसु अवार्ड’ नेपाल उसु महासंघको आधिकारिक कार्यक्रम नभएको भन्दै भ्रममा नपर्न सम्पूर्ण खेलाडी, प्रशिक्षक एवं खेलप्रेमी महानुभावहरुमा आग्रह गरेको छ । नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव ल्हाक्पाछिरिङ…
एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला
काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति…
प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्चले आज निर्णय गर्ने
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले विहीबार निर्णय गर्ने भएको छ । सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने…
देशभर १६२ कोरोना संक्रमित थपिए
काठमाडौं : ३९ सय १९ नमूनाको पीसीआर परीक्षणमा १६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३९सय १९ पीसीआर परीक्षण गराउँदा १६२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा ५० भक्तपुरमा ४ र…
म्यानमारमा सैन्य कूविरुद्ध आन्दोलन : ५०० प्रदर्शनकारी मारिए
काठमाडौं : सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ ।प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन्…
विराजको त्यो गोल !
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेलजीवन टुङ्ग्याएका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई दिलाएसँगै विराजले अन्तर्राष्ट्रिय खेलजीवन टुङ्ग्याएका हुन् । नेपाली फुटबलकै सर्वाधिक सफल कप्तानको छवि…
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी
काठमाडौं : केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा प्रदुषण बढी खतरनाक हुने गरेको वातावरणविद्हरुको भनाइ छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि…
थ्री नेसन्स फुटबलको फाइनल आज, गोल गरेर उपाधि जित्छौं : बालगोपाल
काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले सोमबार चिरप्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ हुने फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने दाउ नेपालको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल…
उकालो लाग्दै कोरोना ग्राफ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको ‘हटस्पट’ बन्ने संभावना रहेको भन्दै समयमै सचेत रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…
थ्री नेसन्स कप फुटबल : नेपाल र बंगलादेशबीच उपाधि भिडन्त
काठमाडौं : नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ । बंगलादेशसँग…
अस्ताए नवीन्द्रराज जोशी
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो । जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो…
