विशेष Archives | Page 131 of 241 | नेपालमाला

 

जातीय विभेदको आरोप लागेकी घरबेटी शिक्षामन्त्रीको गाडीमा

काठमाडौं : जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । काठमाडौं…

एसिड पीडितलाई सरकारले आजीवन उपचार तथा औषधि खर्च बेहोर्ने

काठमाडौं : एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने भएको छ । ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८’ मा पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने…

अन्तर्राष्ट्रियको उडान तालिका सार्वजनिक : आन्तरिक हवाई उडान असार १७ बाट

काठमाडौं : मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता…

पछिल्लो २४ घण्टामा ३५ सय ५८ जनाले कोरोना जिते, ८१ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ३५ सय ५८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ६८ हजार ४४० पुगेको छ। २४ घण्टामा ८१ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या…

प्रतिनिधि सभा विघटन मुद्दा : संवैधानिक इजलासमा आजदेखि सुनुवाइ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।  जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचन घोषणा गरेकी थिइन् । सोही कदमविरुद्ध परेका रिटमा आजबाट सुनुवाइ सुरु हुन…

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय

काठमाडौं : सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको…

अब पाँच सदस्यीय मन्त्रिपरिषद मात्रै

काठमाडौं : सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा…

२० मन्त्री पदमुक्त

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम…

अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने

काठमाडौं : अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई…

निषेधाज्ञा थप खुकुलो, व्यावसायिक क्षेत्र चलायमान

काठमाडौं : कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ…

डेनमार्क अन्तिम १६ मा, बेल्जियम अपराजित

सेन्ट पिटर्सबर्ग : युरोकप फुटबलअन्तर्गत समूह ‘बी’को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । बेल्जियमले फिनल्यान्डलाई २–० गोलले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४–१ गोलले…

कांग्रेसले देउवाको विकल्प खोज्न लागेकै हो ? विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’को औचित्य के ?

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेसँगै दोस्रो तहका नेताले सक्रियता बढाएका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठस्थित आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर छलफल गरेसँगै सभापतिका आकाक्षीमा रहेका नेताहरु…

पछिल्लो २४ घण्टामा ३१३० जनाले जिते कोरोना, २२९७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार १३० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ५९ हजार ९२८ पुगेको छ । त्यसैगरी २४ घण्टामा १० हजार ९०४ जनामा परीक्षण…

भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या घट्दै

काठमाडौं : हाल नेपालमा २५० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ८७१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । पछिल्लो समय भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या घट्दै जान थालेको छ । कतिपय अस्पतालमा…

खाली विमानस्थलमा हिमालयन एयरलायन्सको अभ्यास

काठमाडौं : अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ । कोरोना कहरका कारण सरकारले सीमित उडानका लागि खुला गरे पनि नियमित उडान भने बन्द छ । केही सीमित उडान मात्रै भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसानजसतो देखिन्छ । तर, आज बिहानैदेखि त्रिभुवन…

नेपालमा डेल्टा भेरियन्टको नयाँ म्युटेसन भेटियो

काठमाडौं : नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा…

काठमाडौं उपत्यकामा कुन बार कुन पसल खुल्छ ?

काठमाडौं : उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री…