काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज विपक्षीका तर्फबाट बहस जारी छ । निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज बहस गरिरहेका छन् । उनले संविधानको धारा ७६(५)लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गर्दै…
आज यी क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध
काठमाडौं : आज कमला, वाग्मतीलगायत नदीमा पानीको बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज बिहानको मापनानुसार नारायणीको सहायक…
भारी वर्षा शनिबारसम्मै कायम रहने
काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।…
ओलीको धम्कीबाट न्यायाधीश डराउने वाला छैनन् : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस…
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, बुधबार २८९२ संक्रमित
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण…
आगामी तीन दिन भारी वर्षाको सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने
काठमाडौं : आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा…
जर्मनीलाई हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा
लन्डन : उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा जर्मनीलाई २–० गोलले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लन्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र हेरी…
पछिल्लो २४ घण्टामा २६ सय ३६ कोरोना संक्रमित थपिए
काठमाडौं : पछल्लो २४ घन्टामा ११ हजार ७४८ नमूना परीक्षणमा २६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ७२ सय ५९ नमूनाको पीसीआर र ४४ सय ८९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २६ सय ३६ जनामा…
प्रधानन्यायाधीशको प्रश्न : धारा ७६ (५) को प्रक्रिया पूरा नगरेपछि विकल्प खोज्नु पर्ने थिएन ?
काठमाडौं : नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षबाट बहस गर्दै पाण्डेयले प्रधानमन्त्री बन्ने आधार स्पष्ट नभएपछि विघटन भएको बताएका हुन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी…
चाक्सीबारीमा तीन कांग्रेस नेताको ‘लञ्च मिटिङ’ : नेतृत्व चयनका विषयमा छलफल हुने
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको चाक्सीबारी स्रोतले जानकारी दियो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय…
काठमाडौं उपत्यकामा सार्वजनिक बस चल्न थाले
काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक…
स्विट्जरल्यान्डको सनसनी : बाहिरियो विश्व विजेता
बुकारेष्ट : विश्व विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रोमानियाको बुकारेष्टमा सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । निकै रोमाञ्चक खेलको निर्धारित…
बिहीबारदेखि काठमाडौंबाट दिनमा ६४ आन्तरिक उडान
काठमाडौं : सरकारले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेसँगै आगामी बिहीबारदेखि देशभित्र हवाइ यातायात सञ्चालन हुँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी तालिका तयार पारेको छ । नेपालमा २० वैशाखमा बन्द भएको आन्तरिक उडान असार…
महान्यायाधिवक्ताको प्रश्न : केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?
काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखतको वैधानिकतामाथि प्रश्न उठाएका छन्। सोमबार संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै उनले कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएर केरमेट भएको बताएका हुन्। ‘त्यो कागज शेरबहादुर…
खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा, मंगलबारदेखि काठमाडौं उपत्यकामा जोरविजोरमा बस चल्ने
काठमाडौं : भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।जारी निषेधाज्ञालाई खुकुलो पार्दै…
प्रतिनिधि सभा विघटन : आजबाट विपक्षीको बहस
काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति,…
के हो पोष्ट कोभिड ? यसको लक्षण कति समयसम्म देखिन्छ ?
काठमाडौं : कोरोना संक्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिने गरेको छ । संक्रमण मुक्त भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष ध्यान दिन आग्रह गरेको छ । संक्रमण निको भइसकेपछि कालो ढुसीका लक्षणहरू देखिने, बालबालिकामा…
