विशेष Archives | Page 130 of 241 | नेपालमाला

 

शनिबार २०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा…

रोकिएका त्रिविका सबै परीक्षा यसै वर्ष हुने : विद्यार्थीले रोजेको केन्द्रमा परीक्षा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ। कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत…

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

काठमाडौं : सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए ।…

इन्द्रावती नदीको कटान जारी : बिहानै तीनतले घर बगायो

काठमाडौं : इन्द्रावती नदीले कटान जारी राखेको छ । असार १ र ३ गते आएको भीषण बाढी पनि थामिइनसकेको स्थानीयले बताएका छन् । मेलम्चीको मुहान भ्रोमथाङ क्षेत्रमा खसेको पहिरोका कारण अहिले पनि मेलम्ची नदीले लेदो ल्याइरहेको छ । त्यही लेदोका…

काठमाडौं उपत्यकाको निषेधाज्ञा अझै लम्बिने

काठमाडौं : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । करिब दुई महिनाअघिदेखिको निषेधाज्ञालाई अझै निरन्तरता दिइने प्रशासनले जनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले फेरि निषेधाज्ञा थप हुन सक्ने बताए । ‘उपत्यकाको पछिल्लो साताको संक्रमण दर अघिल्लो…

कर्णाली प्रदेशका तीन एमाले सांसद फेरि निलम्बित

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बनमा परेका छन् ।  माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीाई विश्वासको मत दिएका सांसदलाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बनको निर्णय गरेको हो । कर्णाली प्रदेशसभा…

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकको २ घण्टा ३५ मिनेट समय बाँकी, अर्को सुनवाइ आइतबार

काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको बहस सकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ। बुधबारदेखि सुरु भएको बहस आइतबारसम्म जारी रहने भएको छ। रिट निवेदक पक्षलाई छुट्याइएको समय बाँकी…

पछिल्लो २४ घण्टामा ५४५५ जनाले जिते कोरोना, २७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ। त्यसैगरी २४ घण्टामा १४ हजार ३५१ जनाको परीक्षण…

कांग्रेस महाधिवेशन : विमलेन्द्र, शशांक र प्रकाशमानबीच महाराजगञ्जमा छलफल

काठमाडौं : १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन्। शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाराजगञ्जमा छलफल भएको छ। कांग्रेसका संस्थापक वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र तीनै…

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं : सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज…

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि…

बिहीबार २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा…

मन्त्रीको जिम्मेवारी हेरफेर : विष्णु पौडेल उपप्रधानसहित गृहमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई;…

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका…

युरोकप फुटबल : प्रिक्वार्टर समीकरण पूरा

बुडापेस्ट : १६औं संस्करणको युरोकप फुटबलको प्रिक्वार्टरफाइनलको समीकरण पूरा भएको छ । बुधबार राति भएको खेलमा ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’बाट फ्रान्स, जर्मनी र पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएपछि प्रिक्वार्टरफाइनलको समीकरण पूरा भएको हो । क्वार्टरफाइनल प्रवेशका लागि…

युरो कप : स्पेन नकआउट चरणमा

सेभिल : स्पेन समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदान सेभिलमा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० गोलले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहमा स्विडेन समूह विजेता बन्यो…

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १२७ पुग्यो

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। प्रवक्ता उपाध्यायका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ बढेको…