सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बनमा परेका छन् । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीाई विश्वासको मत दिएका सांसदलाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बनको निर्णय गरेको हो ।
कर्णाली प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै एमाले संसदीय दलको बैठकले अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निलम्बन गरेको जानकारी गराएको छ । कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सूचना सार्वजनिक गर्दै उनीहरुलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।
यसअघि पनि सांसद प्रकाश ज्वालासहित उनीहरुलाई सांसदबाट निलम्बन गरिएको थियो । सर्वोच्चले पुनर्बहाली गरेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री बनेका तीन नेतालाई फेरि निलम्बनको निर्णय गरिएको हो । यसपटक ज्वाला भने निलम्बनमा परेका छैनन् ।

नेपालमाला
