काठमाडौ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभएको हो । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर…
अबको तीन दिन यस्तो रहनेछ मौसम
काठमाडौं : नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा तीन दिन…
कोरोनाको कहर शान्ति मिसनमा पनि
काठमाडौं : कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ । राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ । नेपाली…
अब गुराँस मासे कारवाही !
बागलुङ : घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ । लाग्छ,…
कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने
काठमाडौ : चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो…
अल्लोको मास्क उत्पादन शुरु
लमही : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।…
कफी कालो भएपछि किसान चिन्तित
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन्…
बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा
काठमाडौ : काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । निवर्तमान…
नेपालको नयाँ नक्शा छिट्टै सार्वजनिक गरिने
काठमाडौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक…
क्रान्तिकारीको हड्ताल : लाखौं विद्यार्थी पढ्नबाट बञ्चित
काठमाडौं : नेकपा विप्लप निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधवार देशव्यापी रुपमा शैक्षिक हड्तालको घोषणा गरेपछि लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै नीजि, तथा सामुदायिक सार्वजनिक विद्यालयलगायतका शैक्षिक…
यस्तो रहेछ नेपाल ट्रष्टको सम्पत्ति
काठमाडौ : नेपाल ट्रस्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज यहाँ आयोजना गरेको ट्रस्टको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक’ कार्यक्रममा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै हालसम्म ट्रस्टको नाममा रहेको सम्पत्ति…
सगरमाथाको कीर्तिमान बढाउँदै शेर्पाहरु
काठमाडौ : सगरमाथाको शिखर चुम्नु आफैँमा साहसिक र जोखिमपूर्ण काम हो । मौसमी हिसाबले वसन्त ऋतु (सर्वाधिक सगरमाथा आरोहण हुने समय) र शरद् ऋतु मिहाल आरोहणका लागि उपयुक्त मानिन्छ । साहसिक आरोहण त्यसमा पनि शिशिर ऋतु अर्थात् ‘विन्टर सिजन’ मा…
कोरियामा रहेका नेपालीलाई हेर : कांग्रेस
काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गर्नुभएको छ । उहाँले आज नेपाली जनसम्पर्क…
प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा अनियमितामा नेपालगन्ज, बाँकेका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, तत्कालीन सूचना…
कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
काठमाडौ : चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ…
छैमलेमा नास्पाती क्यान्डी
दक्षिणकाली : मुलुकमा विभिन्न स्वादमा ‘क्याण्डी’ उत्पादन हुँदै आएको छ । बजारमा पाइने धेरै क्याण्डीबारे तपाईले थाहा होला, तर नास्पातीको पनि ‘क्याण्डी’ बन्छ भन्ने कुरा कमैलाई जानकारी होला । काठमाडौँ दक्षिणकाली नगरपालिका– ८ छैमले पुग्दा तपाईले ‘नास्पाती क्याण्डी’को स्वाद लिन…
प्रतिकूल मौसमले उडान प्रभावित
काठमाडौ : प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित…
