प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै  प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा अनियमितामा  नेपालगन्ज, बाँकेका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सूचना तथा संचार मन्त्रालयका सचिव (हाल सूचना अयोगका प्रमुख आयुक्त) महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी  निर्देशक विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी  परेको हो ।

डेढ महिना पहिले नै अडियो सुनिसकेको दाबी गरिएको उजुरीमा प्रमाण लुकाएर प्रधानमन्त्री ओली भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानबिन गर्न माग गरिएको छ ।

त्यस्तै तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध सुनसरी प्रीतम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले  पनि उजुरी दिएका हुन्। सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि बाँस्कोटाले बिहीबार नै पदबाट राजीनामा दिइसकेका छन्।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments