काठमाडौं : सरकारले भोलि मंगलबार बिहानैबाट देशलाई पूर्ण रुपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारीसाधन पनि चल्ने छैनन् । सरकारी निर्णयको अवज्ञा गर्नेलाई कडा कारवाही गरिने जनाइएको छ ।
सैगरी सो समितिले अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको छ। निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ऐन २०२० बमोजिम यस्तो आदेश जारी गरेको हो।
समितिले एक सातासम्म लकडाउनको घोषणा गर्नुअघि सोमबार काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।