काठमाडौं : फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्। उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुघाखोकी लागि परीक्षण गर्दा कोभिड–१९ भाइरस भोजिटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
यससँगै नेपालमा पहिलो संक्रमित भेटिएको छ । यसअघिसम्म कोरोना भाइरस मुक्त रहेको नेपाल पनि कोरोना संक्रमित देश बनेको छ ।