लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

बुटवल : कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्‍न भनेको छ । तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्त गरिएको हो ।

रेडियोलोजी विभागका बरदान वली र  ताराप्रसाद शर्मा, आकस्मिक विभागका प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने मन्त्रालयले बताएको छ । यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments