अन्तर्राष्ट्रिय Archives | Page 33 of 36 | नेपालमाला

 

ट्रम्पलाई सफाइ

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोग प्रक्रियाबाट सफाइ पाएका छन् । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमा उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी महाअभियोगबाट सफाइ पाएका हुन् । शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा…

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो 

हङकङ  :  विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नु भएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स…

कोरोना भाइरसको माहामारी अहिले नै विश्वभर सामना गरेको होइन : डब्लुएचओ

जेनेभा : चीनबाट सुरू भै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ । डब्लुएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भन्नुभयो, “अहिले…

कोरोनाबाट फिलिपिन्समा एकको मृत्यु

मनिला : चीनबाट फैलिएको कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गएको छ। चीनको भाइरस प्रभावित उहानबाट फिलिपिन्स पुगेका ४४ वर्षीय एक व्यक्तिको आइतबार भाइरसका कारण ज्यान गएको हो। उनको परिचय भने खुलाइएको छैन। विश्व स्वास्थ्य संगठनका फिलिपिन्स प्रतिनिधि रविन्द्र अबेयासिंघेका अनुसार चीनबाहेक…

चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित 

बेइजिङ  :  चीनमा नोबल कोरोना भाइरसका कारण मंगलबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५२० जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।…

विगतका अन्यायलाई सच्याउन नागरिकता संशोधन ऐन : मोदी

नयाँ दिल्ली : सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका ‘ऐतिहासिक अन्याय’लाई सच्याउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बताउनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) ले छिमेकी मुलुकमा बस्दै आएका धार्मिक अल्पसङ्ख्यक समुदायसँग गरेको ‘पूरानो वाचा’ लाई पूरा गर्न नागरिकतासम्बन्धी…

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित 

बेइजिङ  : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ४६१ जनाको…

चर्चित बास्केटबल खेलाडी कोबीको दुर्घटनामा निधन

विश्व चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टको क्यालिफोर्निया (अमेरिका)मा हेलिकोप्टर दुर्घटनाबाट निधन भएको छ । ४१ वर्षीय कोबीको निजी हेलिकोप्टरमा अन्य चारजना सवार थिए, जसमध्ये उनकी १३ वर्षीया छोरी गियाना पनि थिइन् । सो दुर्घटनामा हेलिकप्टरमा सवार चारैजनाको मृत्यु भएको…

बेलायती राजकुमार ह्यारीद्वारा शाही उपाधि परित्याग

लण्डन :  बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उहाँहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही…

युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा   

क्रिभ : युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका…

ट्रम्पको महाभियोग प्रस्ताव सिनेटमा

वासिङ्टन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उहाँमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा…

७८ बालबालिकाको डेङ्गुबाट मृत्यु

दुबई : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मङ्गलबार बताएको छ । सेभ द चिल्ड्रेनले यमनमा डेङ्गुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न यमन सरकार…

चन्द्रमा जानेको खोजीमा जापानी अर्बपति

टोकियो : जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला…

ह्यारी दम्पतिले उठाएको प्रश्न 

लण्डन : बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ । राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको…

मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’

लाहोर :  पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज…

क्यानडा फर्किइन् मेघन

लण्डन : राजदरबारको जिम्मेवारी त्यागेपछि बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन क्यानडा फर्किएकी छन् । उनी आफ्नो छोरासँग भेट्न र समय बिताउन त्यहाँ गएको बताइएको छ । स्थानीय मिडियाका अनुसार रानी एलिजाबेथ र अन्य बरिष्ठ बेलायती राजदरबारका अधिकारीले आन्तरिक संकटलाई शान्त बनाउने…

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी

वासिङ्टन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति…