प्याटिन्सन विश्वकै सुन्दर पुरुष

हलिउड स्टार रोर्बट प्याटिन्सन विश्वका ह्यान्डसम व्यक्ति घोषित भएका छन् । द गोल्डेन रेसियो अफ ब्युटीका अनुसार ३३ वर्षीय अभिनेता ‘द ब्रिटिस ब्याटम्यान’ को अनुहार ९२.१५ प्रतिशत राम्रो पुष्टि भएको हो ।

फेशियल कस्मेटिक सर्जन डा. जुलियन डिसिल्वाले ह्यान्डसम लिस्ट कम्प्युटरको मद्दतबाट तयार गरेका हुन् । रोर्बटको अनुहार सबै तत्वसँग तुलना गरेर उनलाई विजेता घोषणा गरिएको हो ।

प्याटिन्सन सबैभन्दा पहिले हेरी पोर्टर र द गोब्ट अफ फायरमा सेड्रिक डिग्गरीको भूमिकामा देखा परेका थिए । त्यसको लगत्तै, ट्वाइलाइटमा भ्याम्पायर एडर्वड कुलेनको रुपमा उनलाई थुप्रै दर्शकले मन पराए । ट्वाइलाइट सिक्वेल्सको साथै रिमेम्बर मी, वाटर फर एलिफेन्ट, कोस्मोपोलिस र द लस्ट सिटी अफ जेड उनले अभिनय गरेका चर्चित चलचित्र हुन् । सन् २०१९ मा उनी द ब्याटम्यानमा क्याप क्रुसेडरको भूमिकामा देखापरेका थिए ।

बेलायती अभिनेता प्याटिन्सन सन् २००४ देखि हलिउडमा क्रियाशील रहँदै आएका छन् । १५ वषैको उमेरदेखि नै थियटरबाट अभिनयमा लागेका उनले दर्जनौं उत्कृष्ट चलचित्र दिएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments