रियो डि जेनेरियो: ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उहाँलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालय छोडेपछि उहाँले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् उहाँले…
विमान दुर्घटनामा ठूलो हताहती
नुर सुल्तान : काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । अलमाटी इन्टरनेशनल विमानस्थलले जारी…
क्रिसमस मनाउने क्रममा तेह्रको मृत्यु
तेगुसिगाल्पा : क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ ।…
चीन–अमेरिका व्यापारमा कमी
बेइजिङ : चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण…
सान्टाक्लजलाई चीनमा प्रतिबन्ध
काठमाडौं : २०१९ को क्रिसमसमा ‘सान्टा क्लज’ लाई चिनियाँ सहरमा स्वागत छैन् । चीनमा स्थानीय अधिकारीले यस वर्ष क्रिसमसका सबै चीजहरुमा प्रतिबन्ध लगाएका छन्। स्थानीय अधिकारीहरुले जारी गरेको सूचनाअनुसार, सरकारी कर्मचारीले सार्वजनिक क्रिसमस प्रदर्शन र उत्सव समारोहको बारेमा आफूभन्दा उच्च पदमा सूचित…
भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु खुशी
जोधपुर, राजस्थान : भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति ख्ुाशि व्यक्त गरेका छन् । विषेश गरेर भारतको जोधपुरमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले सो कानुन पारित भएकोमा आफुहरुलाई खुशी लागेको बताएका हुन् । “नागरिकता सम्वन्धी नयाँ…
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सदनबाट पारित
वासिङ्टन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ । शक्तिको दुरुपयोग गरेको आरोपमा उहाँका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको थियो । तल्लो सदनमा दर्ता भएको सो प्रस्तावमाथि केही दिनदेखि छलफल भएको थियो…
अष्ट्रेलियामा सङ्कटकाल
बुस्टोन, अष्ट्रेलिया : अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त हावा…
सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या
पेरिस : सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । हत्या गरिएका…
पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला
इस्लामावाद : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उहाँलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो ।…
नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु
गुवाहाटी, भारत : भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कानुन पारित भएदेखि नै…
बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन
लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गर्नुभएको छ । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू)बाट बाहिर निकाल्न “शक्तिशाली नयाँ जनादेश” प्राप्त भएकामा खुशी व्यक्त गर्नुभयो ।…
प्रदूषण नियन्त्रण गर्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन
सिड्नी : अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् । प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाएका छन् । अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै…
टेस्ट क्रिकेट कडा सुरक्षा व्यवस्थामा
रावलपिन्डी : श्रीलंका र पाकिस्तानबीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो । श्रीलंकाली…
बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा
लन्डन : बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट…
श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त
कोलम्बो : श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यसैगरी उहाँले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गर्नुभएको छ । उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्री परिषद्मा समावेश गरिएको…
शिक्षकको तलब बढाउन माग गर्दै हजारौको प्रदर्शन
जागरेब, क्रोएसिया : शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने…
