मनिला : चीनबाट फैलिएको कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गएको छ। चीनको भाइरस प्रभावित उहानबाट फिलिपिन्स पुगेका ४४ वर्षीय एक व्यक्तिको आइतबार भाइरसका कारण ज्यान गएको हो।
उनको परिचय भने खुलाइएको छैन।
विश्व स्वास्थ्य संगठनका फिलिपिन्स प्रतिनिधि रविन्द्र अबेयासिंघेका अनुसार चीनबाहेक अन्य देशमा कोरोना भाइरसबाट ज्यान गएको यो पहिलो घटना हो।
भाइरसका कारण चीनमा अहिलेसम्म कम्तिमा ३०४ जनाले ज्यान गुमाइसकेका छन्। यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।