मेलबर्न : विश्व नम्बर एक टेनिस खेलाडी अस्लेघ बार्टीले यारा भ्याली क्लासिक टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा स्पेनकी गार्बिन मुगुरुजालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।
उपाधि जित्ने क्रममा अस्ट्रेलियाकी बार्टीले मुगुरुजालाई ७–६(३), ६–४ ले पराजित गरिन् । यस उपाधिसँगै २४ वर्षीय बार्टीले सन् २०२१ को उत्कृष्ट सुरुवात गरेकी छिन् । बार्टीले अब वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने छिन् ।
अस्ट्रेलियन ओपन सोमबारदेखि मेलबर्नमा सुरु हुँदैछ । अधिकांश खेलाडीले यारा भ्याली क्लासिकलाई अस्ट्रेलियन ओपनको तयारीका रुपमा लिने गर्छन् ।
अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले भने प्रतियोगिताको सेमिफाइनल खेल त्यागेकी थिइन् । दायाँ काँधमा चोट बोकेपछि सेरेनाले बार्टीविरुद्धको सेमिफाइनल खेल त्यागेकी हुन् । भेट्रान खेलाडी सेरेनाले सेमिफाइनल खेल त्यागेपछि बार्टीलाई उपाधि भिडन्त सहज बनेको थियो ।
Previous Article
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
Next Article

नेपालमाला
