जनकपुरधाम : बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले…
गणेशमान सिंह स्मृति बक्सिङ : प्रदेश १ का ११ खेलाडी छनोट
धरान : गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत प्रदेश १ का खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिताबाट सात पुरुष र चार महिला खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाका खेलाडीले दबदबा राखेका छन् ।…
नेपाल रेल्वेको उद्घाटन आज : दिल्ली उद्घाटनपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गर्ने
जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गर्ने भएका छन्। तीनदिने भारत भ्रमणमा रहेकै समयमा भारतीय प्रधानमन्त्रीको आवास हैदरावाद हाउसमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल…
प्रधानमन्त्रीको भारत भ्रमण : देउवा र मोदीबीच विशेष भेटवार्ता हुँदै
काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार…
श्रीलंकामा देशव्यापी संकटकाल घोषणा
काठमाडौं : श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ । विदेशी मुद्राको चरम अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत…
नेपालले आज मलेसियासँग खेल्दै
काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित…
गणेशमान सिंह स्मृति बक्सिङ : अस्मिता र स्वस्तिका पहिलो
काठमाडौं : भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन् । भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् ।…
नेपालले आज ५०औं टीट्वेन्टी खेल खेल्ने
काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ । पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ ।…
उपमहानगरपालिकामा मतदाता बढे, कुन महानगरमा कति ?
काठमाडौं : नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् । २०७४ सालको तुलनामा २०७९ सालको स्थानीय चुनावमा मतदाता बढेका हुन् । निर्वाचन आयोगको विवरण अनुसार ११ वटा उपमहागरपालिकामध्ये सबैभन्दा धेरै दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन्…
टीट्वेन्टी शृंखला : नेपालको दोस्रो जित
काठमाडौं : नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको एक सय १५ रनको मध्यम लक्ष्य…
देउवाको भारत भ्रमणको मुख्य प्राथमिकता : छिमेकीसँग सम्बन्ध सुधार
काठमाडौं : नेपाल र भारतबीच एकआपसमा उच्चस्तरीय राजनीतिक भ्रमण नभएको आगामी वैशाखमा तीन वर्ष पुग्दैछ । सन्दर्भविना पनि बाक्लै आवतजावत भइरहने छिमेकीबीच यति लामो समयसम्म उच्चस्तरीय भ्रमण हुन नसक्नु दुई देशबीचको सम्बन्धमा सौहार्दता नभएको स्पष्ट संकेत हो । प्रधानमन्त्री शेरबहादुर…
चारवटा प्रदेशमा आज र भोलि वर्षा, पर्सि प्रदेश १ मा मात्रै
काठमाडौं : आज र भोलि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने मौसमविदले बताएका छन् । पर्सि भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार…
उपसभापति खड्का कांग्रेसका चुनावी कमान्डर
काठमाडौं : नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा…
गद्दी बैठक सर्वसाधारणका लागि खुला
काठमाडौं : वसन्तपुरस्थित गद्दी बैठक आज (मंगलबार)देखि सर्वसाधारणका लागि खुला गरिंदै छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए…
प्रतियुनिट ३८ रुपैयाँमा पनि किन्न नपाएपछि उद्योगमा काट्न थालियो बिजुली
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो…
नेपालको सुखद् सुरुवात
काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो । एक सय ८४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले…
गोपाललाई अर्को सफलता
काठमाडौं : नेपाली खेलाडी गोपाल भण्डारीले ४३ औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकाको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् । उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना…
