क्यानडा : नेपाली लगानी र ब्यवस्थापनमा क्यानडाको घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी ‘एभरेष्ट रियल्टी’ले आफ्नो पाँचौं वार्षिक समारोहमा अवार्ड वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
अवार्ड वितरण कार्यक्रम शनिबार अप्रिल २ मा अन्टारियोको दक्षिण पश्चिमी शहर चाटम–केन्टमा सम्पन्न भएको हो । अवार्ड वितरण समारोहमा २०२१ सालभरी उत्कृष्ट कार्य गर्ने एभरेष्ट रियल्टीका रियल्टरहरुलाई विशेष उपाधि प्रदान गर्नुका साथै विभिन्न पुरस्कारले सम्मानित गरिएको थियो।
घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका ‘ब्रोकर अफ रेकर्ड’ले सम्मानित मदन केसी (माइक केसी)ले नेपाली समुदायका सम्मानित व्यक्तित्व द्रोण रसाइली, चित्र प्रधान, घनश्याम भण्डारी, अमित शाह र ज्योति बैद्यलाई ‘एभरेष्ट अडभाईजरी टिम अवार्ड’ले सम्मानित गरेका थिए ।
एभरेष्ट अवार्डअन्तर्गत सबैभन्दा महत्त्व रशीर्ष स्थानको अवार्ड र पुरस्कार वितरण समारोहमा सर्वाधिक चासो र कौतुहलको विषय बनेको ‘एभरेष्ट प्रेसिडेन्ट अवार्ड २०२१’को बिशिष्ठ उपाधि यसपटक रियल्टर निलम रिजालले जित्न सफल भएकी छन्।
वर्षमा सात लाख ५० हजारभन्दा माथिको आम्दानी गर्न सफल रियल्टरलाई प्रदान गरिने उक्त अवार्डको विजेता बनेकी रिजालको नाम घोषणा हुँदा कार्यक्रममा सहभागी सबैले निकै बेरसम्म ताली बजाएर उनलाई सम्मान गरेका थिए। उनलाई पन्ध्र सय डलर नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्रदान गरिएको थियो।
यसैगरी वर्षमा तीनदेखि पाँच लाखसम्मको आम्दानी गर्न सफल हुने रियल्टरलाई प्रदान गरिने ‘एभरेष्ट गोल्ड अवार्ड २०२१’ जस्टिन सिओले हात पारेका छन्। उनले पनि पुरस्कार स्वरुप नगद एक हजारसहित पदक र प्रमाणपत्र हात पारे।
आम्दानीको हिसाबले वर्षभरिमा दुईदेखि तीन लाखसम्मको कमाई गर्ने रियल्टरलाई प्रदान गरिने ‘एभरेष्ट सिल्भर अवार्ड २०२१’ पुष्प थापा र लोक दोरंगाले प्राप्त गर्न सफल भए।
रियल्टर गोविन्द खत्री, सरिता श्रेष्ठ, एरिक गिरी, बलराम काफ्ले र खेमराज खनाल ‘एभरेष्ट ब्रोन्ज अवार्ड २०२१’द्वारा सम्मानित भए। टोरोन्टोको रियल स्टेट मार्केटमा निकै कहलिएका बाबु कँडेल ‘एभरेष्ट पार्टनर अवार्ड २०२१’ ले सम्मानित भएका छन्। समारोहमा भावना भण्डारीलाई ‘एभरेष्ट ब्रान्ड एम्बेसडर अवार्ड’ प्रदान गरिएको थियो भने ‘एभरेष्ट ईम्प्लोई अफ द एयर अवार्ड २०२१’ रञ्जित जिसीले प्राप्त गरेका थिए।
‘एभरेष्ट वेलकम क्लब २०२१’ ले सम्मानित हुनेहरुमा क्रमशः क्याश तिम्सिना, पिताम्बर भट्टराई, दया न्यौपाने त्रिपाठी, हसनपृत सिंह सिधु, तेन्जिन मोनलाम र हेम आचार्य रहेका छन्। ‘एभरेष्ट नोभाईस क्लब अवार्ड २०२१’को उपाधि राजी हसन, बलजित कौर जुनेजा, पूजा श्रेष्ठ, राजीव भाटिया, जे. बिर्दी, उर्मिला तामाङ, साम ग्रेवाल, अमरदीपसिंह ढिलोन, नोबलसिंह ढिलोनले हात पारेका छन्।
‘एभरेष्ट ब्राइटर क्लब अवार्ड २०२१’ तर्फ राजन तामाङ, जगन माभी, ढाका तिवारी, मनोज विष्ट, शशी थापा, हर्लिन कौर, हितुपदेश, इण्डीसिंह जुनेजा, शान्ता रानाभाट पुरस्कृत भएका छन्।
‘एभरेष्ट ब्रान्च मेनेजर अवार्ड २०२१’को पुरस्कार हर्बक्स सिंह जुनेजाले सुरक्षित गरे भने ‘एभरेष्ट राइजिङ स्टार क्लब अवार्ड २०२१’ को अवार्ड प्रितम त्रिपाठी, आशीर्वाद सुवेदी, राम मरहट्टा, तारा बस्नेत, हुम गैरे, पर्शु श्रेष्ठले प्राप्त गरेका थिए।
कार्यक्रमको मूख्य आकर्षण बनेकी नेपालदेखि आएकी गायिका कला लम्साललाई ‘एभरेष्ट पर्फमर अवार्ड २०२१’ ले सम्मानित गरिएको थियो। कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोग पुर्याउने सम्पूर्ण कलाकार तथा स्वयंसेवकहरुलाई पनि कार्यक्रमको दौरान सम्मान गरिएको थियो।
पुरस्कार वितरणसहितको औपचारिक कार्यक्रम पश्चात् सांगीतिक र साँस्कृतिक कार्यक्रम सुरु भएको थियो। कार्यक्रमकै लागि नेपालबाट आएकी चर्चित गायिका कला लम्सालको विशेष साँगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी सबैलाई छमछमी नचाएको थियो। उक्त साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले पनि नृत्य तथा गायन प्रस्तुत गरेर सहभागीहरुलाई भरपूर मनोरञ्जन गराएका थिए।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न दिनरात मेहनत गर्ने स्वयंसेवकहरु, पुरस्कार वितरणको माहोललाई रंगीन बनाइदिने कलाकारहरु, कार्यक्रममा उपस्थिति जनाइदिने सम्पूर्ण अतिथी तथा सहभागीहरु, ब्यबस्थापनमा खटिने कम्पनीका सहयोगीहरु, खाना र खाजाको राम्रो ब्यबस्थापन गरिदिने हाक्का खजानाका साथै कम्पनीलाई त्यो उचाई सम्म पुर्याउन अथक मेहनत गरेका एभरेष्ट रियल्टीका सम्पूर्ण रियल्टरहरुलाई कम्पनीको तर्फबाट कम्पनीका वरिष्ठ ब्यवस्थापक मन पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
एभरेष्ट रियल्टीका ब्यवस्थापक अनिल थापाका अनुसार कम्पनीको सिस्टर कम्पनी एभरेष्ट कन्भेन्सन सेन्टरमा आयोजित उक्त कार्यक्रममा स्थानीय, पाहुनाहरु र कम्पनीमा आवद्ध रियल स्टेट एजेन्टहरु गरी करिव पाँच सय जनाको सहभागिता रहेको थियो। कार्यक्रममा खानपानको ब्यबस्था कम्पनीकै अर्को सिस्टर संस्था हाक्का खजानाले गरेको थियो। कार्यक्रममा सहभागी सबैले हाक्का खजानाको खाना र त्यसको मौलिक स्वादको निकै प्रशंसा गरेका थिए।
जिटिए क्षेत्र टोरोन्टो, मिसिसागा र ब्राम्ट्नबाट कार्यक्रममा सहभागी हुन जानेहरुका लागि आउने–जाने सुबिधाका लागि छुट्टै यातायातको ब्यबस्था पनि गरिएको थियो। कार्यक्रम सुरु हुनु पूर्व ७४ जना नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा हालसालै खरिद गरिएको ७२ एकड जमिन रहेको ‘एभरेष्ट आस्था फार्म’ को स्थलगत भ्रमण पनि गराइएको थियो।
सन् २०१७ मा नेपालीहरुको लगानी र ब्यबस्थापनमा सञ्चालित पहिलो रियल स्टेट ‘एभरेष्ट ब्रोकरेज कम्पनी’ले छोटो समयमा हासिल गरेको यो उपलब्धिले क्यानडामा घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा नेपालीहरुको अलग्गै पहिचान बनाउन सफल भएको छ।
एभरेष्ट रियल्टीका ब्यबस्थापक अनिल थापाका अनुसार कम्पनीमा हाल विभिन्न समुदायका ४३ जना रियल स्टेट एजेन्टहरु कार्यरत रहेका छन् र आगामी वर्षमा क्यानाडाको थप अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्ने र हाल प्रदान गर्दै आएको सेवा र सुबिधाको गुणस्तरीयतालाई अझ बढी प्रभावकारी बनाउने कम्पनीको लक्ष्य रहेको छ।
यसको मुख्य कार्यालय मिसिसागा छ भने स्कारब्रो, टोरन्टो र विण्डसरमा शाखाहरु रहेका छ्न् र उक्त क्षेत्रका नेपाली र गैर नेपाली सबैलाई घर खरिद, बिक्री र लगानीका क्षेत्रमा आवश्यक सेवा तथा सुबिधा दिदै आएको छ।