काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् । महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल…
मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि
काठमाडौं : आज तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा…
नेपाली रेल अब एक दिन बिराएर गुड्ने
जनकपुरधाम : पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर,…
पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी
काठमाडौं : यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र…
विश्वकप लिग–२ : नेपाल पपुवा न्युगिनी प्रतिस्पर्धा गर्दै
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । युएईको सारजाहमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । सन्दीप…
संसद अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संसद अधिवेशनको अन्त्य…
स्थानीय तह निर्वाचन : टोल समिति सक्रिय बनाउँदै कांग्रेस
काठमाडौं : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ । २९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई…
मंगलबार ८३ जनामा कोरोना संक्रमण, १३० जना निको भए
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मंगलबार पनि कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको…
फर्पिङमा राष्ट्रव्यापी मुवाँथाई हुने
काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार…
प्रकाश सपुतको ‘पिर’प्रति प्रचण्डको टिप्पणी : धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पिर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने,…
एउटा सच्चा कमरेडको कथा हो ‘पीर’, यसमा कुनै राजनीतिक पूर्वाग्रह छैन : प्रकाश सपुत
काठमाडौं : गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ । सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम…
युक्रेनी शरणार्थीलाई आश्रय दिने व्यक्तिलाई मासिक ३५० पाउण्ड भत्ता दिने बेलायतको घोषणा
लन्डन : युक्रेनका शरणार्थीहरुलाई आश्रय दिने आफ्ना नागरिकहरुलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने घोषणा गरेको छ । बेलायतका आवास मन्त्री माइकल गोभले टेलिभिजन अन्तर्वार्ताको क्रममा उक्त घोषणा गरेको स्काई न्यूजले जनाएको छ । यो योजना अनुसार बेलायतका नागरिकले…
प्रेस युनियनको महाधिवेशन जेठमा
काठमाडौं : नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनको आइतबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत…
पलको बयान : जबर्जस्ती गरेको होइन, गुडनाइट भनेर फर्किएको हुँ
काठमाडौं : एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ ।उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ । उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो…
आइतबार ६५ जनामा कोरोना संक्रमण, १९२ जना निको
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि…
माधव नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने
काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपालसहितका सांसदलाई गरेको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले यो मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव…
तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो
काठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत…
