विशेष Archives | Page 91 of 242 | नेपालमाला

 

सुरज र उषाले जिते प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन

चितवन : चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो…

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा नयाँ वर्षदेखि बढ्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा…

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

इस्लामावाद : अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को…

भुवन केसीले भने- काठमाडौंको मेयरमा उठ्दिन

काठमाडौं : अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई भने उनले साहसिक कदम भनेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै…

यस्ता गम्भीर आरोपका कारण निलम्बनमा परे गभर्नर अधिकारी

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । उनलाई सरकारले शुक्रबार निलम्बन गरिसकेको छ । अर्थ  मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको…

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । एक मन्त्रीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात…

यी हुन् मन्त्रिपरिषदले गरेका २३ निर्णय

काठमाडौं : सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णय : हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने । बुढीगण्डकी…

राप्रपा नेपालले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा के–के छ ? (पूर्णपाठसहित)

 काठमाडौं : राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ । सुशासन र समृद्धीमा प्रदेश सरकार उपलब्धीमूलक देखिन छोडेको र खर्चालू मात्र…

आयात घटाउन नसके अर्थतन्त्रमा थप चुनौती : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् ।शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम…

निर्वाचन आचारसंहिता लागु हुँदै : साइकल प्रयोग गर्न नपाइने, हेलिकप्टर चढ्न पाइने !

काठमाडौं : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु…

पालुङमा बन्ने भयो साढे ३० करोडको खानेपानी आयोजना

 काठमाडौं : मकवानपुरको थाहा नगरपालिकामा साढे ३० करोडको लगानीमा पालुङ वृहत्त खानेपानी आयोजना बन्ने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँगको साझेदारीमा खानेपानी आयोजना बन्ने भएको हो । आयोजना निर्माणका लागि थाहा नगरपालिका, संघीय खानेपानी…

चुनावी सुरक्षा रिपोर्ट : मधेश सबभन्दा संवेदनशील

काठमाडौं : आगामी ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका सुरक्षा समितिले चुनौती विश्लेषण गरेर रिपोर्ट बुझाएका छन् । जिल्लाबाट प्राप्त रिपोर्टका आधारमा गृह मन्त्रालयले मतदान स्थललाई तीन समूहमा विभाजन गरेको छ । त्यही आधारमा…

बुधबार १३ जनामा कोरोना संक्रमण, ५७ जना निको

 काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको…

मन्त्री दीपक मनाङेले फेरि कर्मचारी कुटे

 पोखरा : गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो । फाइल लिएर मन्त्रीको कार्यकक्षमा…

कंगोमा नेपाली शान्ति सैनिकमाथि विद्रोहीको आक्रमण, एक जनाको मृत्यु

काठमाडौं : शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली…

स्थानीय तहका उम्मेदवार अहिल्यै नतोक्न कांग्रेसको निर्देशन

 काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका…

बूढीगण्डकीबाट चिनियाँ कम्पनीलाई बिदा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोस्ने तयारी गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बूढीगण्डकी आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट खोस्ने र स्वदेशी लगानीमै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…