विशेष Archives | Page 56 of 242 | नेपालमाला

 

भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो । गुडिरहेकै बेला टायर…

केन्द्र र सातै प्रदेश सरकारबाट एमाले बाहिर

काठमाडौँ : कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकी मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएसँगै नेकपा एमाले केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ । गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा सत्ता गठबन्धन बनेपछि सात मध्ये ४…

मलेसियालाई हराउदै नेपाल समूह विजेता

काठमाडौं : मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय…

दही चिउरा नियमित रुपमा खान हुन्छ कि हुँदैन ?

आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने असारमा दही चिउरालाई खाजाको रुपमा प्रयोग गरिन्छ । छिटो मीठो, स्वादिलो…

आदिपुरुषका आडमा अराजकताको चरमोत्कर्ष !

भारतको कब्जाबाट ग्रेटर नेपालका भाग खोसेर नेपालाई फिर्ता गराइछाड्ने असम्भव प्रयासलाई सम्भव तुल्याउने अभियानले साँच्चै गति लिन लागेको हो ? हिजोआज त्यो सवाल जोडतोडले उठ्न थालेको छ– विभिन्न देशका गुप्तचरहरूका बीचमा । जति बेला भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चलेको थियो…

नारायणगढ मुग्लिन सडक सुचारु हुन आज दिनभरि लाग्ने

चितवन : पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने छ। पानी परिरहेको र अझै पहिरो बारम्बार झरिरहेकोले पहिरो पन्छान आज दिनभरि लाग्ने सडक डिभिजन कार्यलयका सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। हिजो दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित…

मनसुन सक्रिय, आज देशभर पानी पर्ने

काठमाडौं : मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका…

फेरि युद्ध थाल्ने यमनका हुथी विद्रोहीको चेतावनी

काठमाडौं : यमनको हुथी लडाकू समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ । जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै हुथी लडाकु समूहले पुनः लडाइँ सुरु गर्ने…

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज : अहिलेसम्म देशभर ११ प्रतिशत मात्रै रोपाइँ

काठमाडौँ : मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । २०८०/८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएकामा बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ…

सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक सबै संकटमा छन् : ओली

चितवन : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन् । असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको  अन्तर्क्रिया…

सात अस्पतालमा २०२८ जनरल बेड निःशुल्क

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि देशभरका विभिन्न अस्पतालमा २०२८ वटा शय्या (बेड) गरिब, असहाय र अशक्तहरुका लागि निःशुल्क दिने भएको छ । बिहीबारदेखि कान्ति बाल अस्पतालले २४८ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६० शय्या, परोपकार प्रसुति…

संसदमा बजेटमाथि पहिलो पटक मतदान : बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको…

११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भए राष्ट्रपति

 काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा उनको छातीमा…

प्रधानमन्त्री प्रचण्डले आफैंलाई दिए ‘डिस्टिङ्सन’

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामहरूको फेहरिस्त सुनाए । अनि आफूले आफैंलाई नम्बर दिए, डिस्टिङ्सन । सरकारको कामले व्यवस्थाप्रति जनतामा भरोसा जगाएको भन्दै…

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ : नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो । मलेसियामा भइरहेको…

दुई महिनादेखि मन्त्रालयमै अड्कियो कित्ताकाटको निर्णय

काठमाडौँ : मन्त्रिपरिषद्को आर्थिक तथा प्रशासनिक समितिले गत वैशाख १८ मा थप संशोधनका लागि पठाएको भू–उपयोग नियमावली–०७९ अझै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै अड्किएको छ । ०८० वैशाख ५ मा मन्त्रिपरिषद् बैठकले कित्ताकाट खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयले…

त्रिविका ४० विभाग खारेज गरी १७ स्कुल बनाइने

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने भएको छ । त्रिविको आगामी वर्षको बजेट कार्यक्रममा विभाग खारेज गर्ने व्यवस्था गरिएको हो । कतिपय विभागका विद्यार्थीभन्दा अध्यापकहरूको संख्या धेरै छ । डिन कार्यालय र कतिपय विभागले मिल्दाजुल्दा विषयको…