विशेष Archives | Page 54 of 242 | नेपालमाला

 

सोमबारदेखि बढी पानी पर्ने

काठमाडौँ : हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, वाग्मती र…

१ अर्ब ७१ करोड दाबी, ५६ करोडमा मिलापत्र

काठमाडौँ : मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्याजको विकराल तस्बिर सार्वजनिक भएको छ । आयोगमा परेका २३ हजार ९ सय ५९ उजुरीमध्ये १ हजार ८ सय ८० वटाको छानबिन गर्दा नै मिटरब्याजी ‘साहु’…

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने, सोमबारदेखि दैनिक ६ पटक सेवा दिने

जनकपुरधाम : नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७ किलोमिटर रेल सेवाको…

मुसलधरे वर्षाले पूर्वी तराईमा डुबानको जोखिम

विराटनगर : मुसलधरे वर्षासँगै पूर्वी तराईमा डुबानको जोखिम बढेको छ । खोला तथा नदीहरुमा पानीको बहाव उच्च बनेको छ । खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको हो । उचित निकास नभएका स्थानमा पानी जम्न थालेको…

नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर…

अब महिला र पुरुषको पुरस्कार बराबर : आईसीसी

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस…

विवाह गर्नेको सङ्ख्या लगातार घटेपछि चिनिया सरकार तनावमा

बेइजिङ : चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित वा स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ । न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि यसको कारण चीनको सुस्त अर्थतन्त्र, बेरोजगारी, कर्पोरेट ले अफ, जसले युवा पुस्तालाई विवाह…

कोशी, मधेश र बागमतीमा भारी वर्षाको प्रक्षेपण

काठमाडौं : आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल…

कटहरले धानिरहेको श्रीलंकाका जनताको प्राण

महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी…

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, १८ सडक ‘वान-वे’

काठमाडौं : मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ…

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन भएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं : बुधबारदेखि सुरु हुने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएकाले आज बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको महामन्त्री गगन थापाले जानकारी…

सीता दाहालको अन्त्येष्टि आजै, त्यसअघि केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने

काठमाडौं : प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि…

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा दाहालको निधन भएको नर्भिक अस्पतालले जनाएको छ। डा. युवराज शर्माले विज्ञप्ति जारी गर्दै ६९ वर्षीया…

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं : मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर  १० बजेर १…

११ महिनामै नेपाली विद्यार्थीले विदेश लगे ७५ अर्ब १४ करोड

काठमाडौं : नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४…

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस

 नुवाकोट : पछिल्लो समय नेपाली सञ्चारमाध्यममा मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व…

साउन १ देखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

काठमाडौं : आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।    पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको…