विशेष Archives | Page 57 of 242 | नेपालमाला

 

संसदमा बजेटमाथि पहिलो पटक मतदान : बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको…

११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भए राष्ट्रपति

 काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा उनको छातीमा…

प्रधानमन्त्री प्रचण्डले आफैंलाई दिए ‘डिस्टिङ्सन’

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामहरूको फेहरिस्त सुनाए । अनि आफूले आफैंलाई नम्बर दिए, डिस्टिङ्सन । सरकारको कामले व्यवस्थाप्रति जनतामा भरोसा जगाएको भन्दै…

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ : नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो । मलेसियामा भइरहेको…

दुई महिनादेखि मन्त्रालयमै अड्कियो कित्ताकाटको निर्णय

काठमाडौँ : मन्त्रिपरिषद्को आर्थिक तथा प्रशासनिक समितिले गत वैशाख १८ मा थप संशोधनका लागि पठाएको भू–उपयोग नियमावली–०७९ अझै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै अड्किएको छ । ०८० वैशाख ५ मा मन्त्रिपरिषद् बैठकले कित्ताकाट खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयले…

त्रिविका ४० विभाग खारेज गरी १७ स्कुल बनाइने

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने भएको छ । त्रिविको आगामी वर्षको बजेट कार्यक्रममा विभाग खारेज गर्ने व्यवस्था गरिएको हो । कतिपय विभागका विद्यार्थीभन्दा अध्यापकहरूको संख्या धेरै छ । डिन कार्यालय र कतिपय विभागले मिल्दाजुल्दा विषयको…

अहिले खुलेको ‘ललिता निवास गेट’ फेरि बन्द नहोस्

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई…

सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका…

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस

काठमाडौं : नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण भएको…

टोपबहादुरको सांसद पद निलम्बन

काठमाडौं : नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थप…

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

काठमाडौँ : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न…

महानगर प्रमुख बालेन्द्रलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौँ  : सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर…

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ  : भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ । आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको…

मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त

काठमाडौँ : सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ । ३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई अन्य कुनै पदमा व्यवस्थापन…

विश्वमा किन घट्दै छ प्रजनन दर ?

औद्योगिक क्रान्तिको झन्डै २५० वर्षमा विश्वको जनसंख्या अर्थतन्त्र जस्तै विस्फोट भएको छ। तर, यो शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ‘ब्ल्याक डेथ’ पछि पहिलो पटक घट्न सक्छ (ब्ल्याक डेथ- सन् १३४६ देखि १३५३ सम्म यूरोप र उत्तरी अफ्रिकामा फैलिएको प्लेग महामारीका कारण सात…

१९औं एसियाली खेलकुद : तेक्वान्दोका ११ खेलाडी छनोट

काठमाडौं : चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो । ग्योरोगीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन्…

इच्छा विपरीत न्यायाधीश बनें पनि इमान कायम राखेको छु : कार्की

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् ।तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । आज बिहानको संसदीय सुनुवाइ समितिको बैठकमा…