काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १८…
‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक
काठमाडौं : न्यु लुक ‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक गरिएको छ । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयसँगै प्रतियोगितामा आउनुको कारण बताएका छन् । प्रतियोगीमा निमेश कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल…
गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरीको ‘ब्रोकन विन्डो प्रिन्सिपल’
काठमाडौं : ६ वर्ष अघि नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएयता उपत्यकामा गुण्डाहरु संलग्न हाई–प्रोफाइल घटना भएका थिएनन् । बरु गुण्डागर्दीमा संलग्नविरुद्ध प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले वैकल्पिक पेशा रोज्न थालेका थिए । गौचन हत्यामा…
प्रधानमन्त्री प्रचण्ड इटली जाने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स…
कांग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
काठमाडौँ : सत्तारुढ दल कांग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । कांग्रेसले नयाँ सदस्य थप्ने उद्देश्यले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन…
फोहोर बोक्ने टिपरबाट रकम असुल्ने ककनीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ : सर्वोच्च अदालतले नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ककनी गाउँपालिकाले असार १९ मा फोहोरमैला बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयनमा…
बुधबारदेखि देशभर कम पानी पर्ने
काठमाडौं : आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ । हिजो नेपालमा…
मानबहादुर श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तान
काठमाडौं : मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५ देखि नेपालको राष्ट्रिय…
बैंकमै थुप्रियो वर्षभरि कर्जा दिन पुग्ने पैसा
काठमाडौँ : चालु आर्थिक वर्षको अन्तिम दिन (असार मसान्त) सम्म बैंक तथा वित्तीय संस्थामा करिब सवा ६ खर्ब रुपैयाँ थुप्रिएको छ । करिब सवा ५ खर्ब कर्जायोग्य रकम र एक खर्ब रुपैयाँ अधिक तरलता गरी कुल सवा ६ खर्ब वित्तीय प्रणालीमा…
अक्सिजन अभावले निगमको जहाज मलेसियामा ग्राउन्डेड
काठमाडौँ : चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ । निगमको अपरेसन विभागका एक उच्च अधिकारीका अनुसार, उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु…
९ वर्षपछि पेट्रोलियम पदार्थमा पुनः स्वचालित मूल्य प्रणाली, स्थायित्वमा शंका
काठमाडौं : नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल,…
नेपालमा स:शुल्क प्रसारण हुने विदेशी टेलिभिजन च्यानल आजदेखि बन्द
काठमाडौं : सरकारले आज साउन १ गतेदेखि सबै स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना…
काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध
काठमाडौं : नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् । यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन् । sआज बिहान फोहोर…
श्रमिकको ज्याला वृद्धि गर्न ट्रेड युनियन कांग्रेसको माग
काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्नेगरी ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै दबाबुमुलक प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा भेला भएर नेपाल ट्रेड युनियन कांग्रेसले नयाँ बानेश्वरसम्म दबाबमुलक प्रदर्शन गरेको हो । श्रम आयोग गठन हुनुपर्ने, नीति…
सोमबारदेखि बढी पानी पर्ने
काठमाडौँ : हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, वाग्मती र…
१ अर्ब ७१ करोड दाबी, ५६ करोडमा मिलापत्र
काठमाडौँ : मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्याजको विकराल तस्बिर सार्वजनिक भएको छ । आयोगमा परेका २३ हजार ९ सय ५९ उजुरीमध्ये १ हजार ८ सय ८० वटाको छानबिन गर्दा नै मिटरब्याजी ‘साहु’…
जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने, सोमबारदेखि दैनिक ६ पटक सेवा दिने
जनकपुरधाम : नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७ किलोमिटर रेल सेवाको…
