विशेष Archives | Page 3 of 242 | नेपालमाला

 

द काउन्सिल अफ जेनजीको समन्वयमा नेपाल आयो सिजापतिको पार्थिव शरीर

काठमाडौं : जापानमा अध्ययनका क्रममा असामयिक निधन भएका दैलेखका शेरबहादुर सिजापतिको पार्थिव शरीर नेपाल आइपुगेको छ । ‘द काउन्सिल अफ जेनजी’ को विशेष पहल र निरन्तर समन्वयमा उनको पार्थिव शरीर नेपाल आइपुगेको हो । आठबिस नगरपालिका–६ निवासी सिजापतिको शव ल्याउन…

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन मतपरिणामको प्रतिवेदन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान आयोजना गरेकी छन्। प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा…

सांसदको शपथका लागि यसरी तयार हुँदैछ हल

काठमाडौं : प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय…

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं : सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् ।…

बहुमतको सरकार र खेलकुद रूपान्तरणको अवसर

नेपाल हिमाल, साहस र सम्भावनाको देश हो । सीमित स्रोत, जटिल भूगोल र लामो राजनीतिक संक्रमणका बीच पनि नेपाली समाजले बारम्बार आफूलाई उठाएर अघि बढाउने क्षमता देखाएको छ । प्राकृतिक विपद्, आर्थिक चुनौती र संस्थागत कमजोरीका बाबजुद पनि नागरिक तहमा…

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने

काठमाडौं : नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २…

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने अन्तिम मौका

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो। सहायक प्रमुख…

सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो ३ लाखमुनि

काठमाडौं : शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय…

देशभर मौसममा बदली : तीव्र हावाहुरी र वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं  : शुक्रबार देशभरको मौसममा उल्लेख्य बदलाव आउने देखिएको छ । आज दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेष गरी लुम्बिनी र कोशी प्रदेशमा प्रतिघण्टा ११९ किलोमिटर सम्मको…

नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता

काठमाडौं : नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं…

वरिष्ठ खेलकुद थापा सम्मानित

काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन् । गोकर्णेश्वर नगरपालिका–४, उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले जुनियर तेक्वान्दो ग्रेडिङ तथा बेल्ट प्रमोसन कार्यक्रमका अवसरमा थापालाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च सम्मान…

पारस भण्डारीले जिते थाइल्यान्डमा स्वर्ण पदक

काठमाडौं : थाइल्यान्डको तोकोम चोनबुरी सहरमा आयोजना भएको तेस्रो हिरोज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पारस भण्डारीले स्वर्ण पदक जितेका छन् । काठमाडौंको सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीसमेत रहेका पारसले ३० वर्षमुिनको एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् । पारसले फाइनलमा थाइल्यान्डका खेलाडीलाई…

रुकुम पश्चिममा सबैको नजर गगनका विश्वासपात्र राजुमा

रुकुम पश्चिममा कांग्रेसले युवा नेता राजु केसीले टिकट दिएको छ । गगनका विश्वास मात्र मानिने उनी संसदमा डेब्युको दाउमा छन् । प्रलोपा र नेकपाको टकरावबीचबाट फाइदा लिने केसीको रणनीति देखिन्छ । कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हामीले युवालाई अघि सारेका…

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा वियोगान्त कथा

काठमाडौं : चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।  ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ…

बल्छीको मेहनतलाई सबैको ‘प्रशंसा’

काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ । विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली…

पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन

काठमाडौं : काठमाडौं, पुस १९– नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । अल नेपाल स्पोटर््स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र…

प्रथम कायक च्याम्पियनसिप : रञ्जन र रविनलाई उपाधि

काठमाडौं : रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् । रञ्जन केही समयअघि चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ…