विशेष Archives | Page 4 of 241 | नेपालमाला

 

भारतमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, के छ नेपालको अवस्था ?

काठमाडौं । छिमेकी देश भारतमा कोभिड-१९(कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड-१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग…

पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, ज्योतिषीहरूले मेरो कुण्डली हेरे हुन्छ : प्रधानमन्त्री ओली

पोखरा : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन…

१०८ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले बुझायो तीनकुने घटनाको प्रतिवेदन

काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। आरोपीहरूविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान…

आइफोन र युरोपेली संघका सामानमा भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर निर्माण गरिएका आइफोनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले २०२५ जुनदेखि युरोपेली संघबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने पनि घोषणा गरेका छन्। शुक्रबार उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल‘मा…

प्रज्ञा स्मृति शारीरिक सुगठन जेठ २४ मा

काठमाडौं : प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ तथा काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा प्रथम राष्ट्रब्यापी प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिता आगामी जेठ २४ गते शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष…

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

काठमाडौं : कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ । एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’ उनले अगाडि थपे, ‘दुवै…

भारत र पाकिस्तान तत्काल पूर्ण युद्धविराममा सहमत भए : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका छन्।  शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा एक पोस्ट गर्दै अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि भारत र पाकिस्तान पूर्ण र तत्काल…

भारत-पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला…

सिरहामा भारी वर्षा : कमला नदीमा पानीको बहाब बढेपछि आवतजावत बन्द

सिरहा : सोमबार रातिदेखि परेको वर्षाले  सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ । नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ । आवतजावतका लागि…

सुनको भाउ ५३ सय बढ्यो, तोलाको कति ?

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला…

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई २ स्वर्ण

काठमाडौं : जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपालले तीन रजत र ६ कांस्य पदक…

राप्रपाले बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । यो सँगै…

सुनिल गोल्ड जिममा विभिन्न सुविधा थप

काठमाडौं : ललितपुरको नखिपोटमा रहेको सुनिल गोल्ड जिममा विभिन्न सुविधा थप गरिएको छ । २०४९ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिममा सदस्यहरुको माग बमोजिम विभिन्न सुविधा थप गरिएको सञ्चालक सुनिल राजकर्णिकारले जानकारी दिए । विभिन्न सुविधा थप गरिएको जिम…

०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ : पूर्वराजा शाह

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् ।…

चैत १५ मा भएको घटनाको पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्। ‘समाजका विभिन्न दल र…

अमेरिकामा आन्दोलन र सामाजिक सञ्जालमा टिप्पणी गर्ने ३ सय विद्यार्थीको भिसा रद्द

अमेरिका  : अध्ययनका लागि आएका विदेशी विद्यार्थीको गतिविधिमा समेत अमेरिकाको अध्यागमनसँग सम्बन्धित निकायहरूले निगरानी बढाएका छन्। आपराधिक गतिविधिमा संलग्न भएका तथा कानुनविपरीतका कार्यमा जोडिएकाहरूको खोजी गरी उनीहरूको अध्ययन अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ। स–साना घटनामा संलग्न भएकाहरूको समेत भिसा…