रुकुम पश्चिममा कांग्रेसले युवा नेता राजु केसीले टिकट दिएको छ । गगनका विश्वास मात्र मानिने उनी संसदमा डेब्युको दाउमा छन् । प्रलोपा र नेकपाको टकरावबीचबाट फाइदा लिने केसीको रणनीति देखिन्छ । कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हामीले युवालाई अघि सारेका छौँ । पहिले माओवादीमा रहेको जनार्दनको क्रेज अहिले पार्टी फेरेपछि छैन । उनको पुरानो मत बाँडिने अवस्थामा फाइदा हामीलाई हुने हो ।’
यहाँ नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दलाल देवकोटा उम्मेदवारी छन् । तर, बलियो संगठन नभएकाले मत सुरक्षित बनाउने मात्रै रणनीति एमालेसँग छ तर विगतको तुलनामा धेरै सुधार भएको दाबी एमाले नेताहरूको छ ।
रास्वपाबाट इन्जिनियर मानबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नयाँ पुस्ताको मत उनले पनि समेट्ने आँकलन छ । ०७९ को चुनावमा यस क्षेत्रमा तत्कालीन माओवादीको ३७ हजार १०२ नेपाली कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, नेकपा एसको १३० मत थियो ।
रुकुमपश्चिममा ०६४ देखियताका सबै निर्वाचन जित्दै आएको तत्कालीन माओवादीका कमाण्डर हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता जनार्दन शर्मा पाँचौ पटक चुनावी मैदानमा छन् । उनलाई पहिले आफैँले उत्पादन र संगठित गरेका कार्यकर्ताको चुनौती छ । चारवटा निर्वाचन माओवादीबाट जितेका उनले अहिले प्रलोपाबाट उठेका छन् दिएका छन् ।
आसन्न निर्वाचनका लागि शर्मालाई त्यति सहज छैन । किनकी उनका राजनीतिक सहपाठी अहिले सँगै छैनन् । माओवादीबाट अलग्गिएर पहिलोपटक आउँदा जनार्दनलाई फूलको गुच्छाले स्वागत गर्न तँछाडमछाड गर्ने युवाले मंसिर २९ मा कालोझन्डा देखाएर विरोध गरेका थिए ।
यहाँ कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री बनेका गोपाल शर्मा नेकपाबाट उम्मेदवार बनेका छन् । माओवादी युद्धकालमै गनिएका नेतामा पर्ने गोपालको उम्मेदवारीले जनार्दनलाई चुनौती थपिएको हो ।

नेपालमाला
